काठमाडौं– नेपाल बार एसोसिएसनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।
प्रगतिशील समूहका श्रेष्ठले लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गर्दै विजयी भएका हुन् ।
श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गरे भने पोखरेलले ३ हजार २७ मत प्राप्त गरेका छन् । यसैगरी महासचिवमा भने लोकतान्त्रिक समूहले विजय हासिल गरेको छ । लोकतान्त्रिक समूहका लीलामणि पौडेललेृ प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् ।
पौडेलले ३ हजार २ सय ७ मत ल्याएका छन् भने थापाले २ हजार ९ सय ४० मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया