काठमाडौं उपत्यकालाई प्रदूषणमुक्त बनाउँछै : प्रहरी महानिरीक्षक खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई प्रदूषणमुक्त बनाउने दाबी गरेका छन् । 

बिहीवार महानगरीय ट्राफिक प्रहरी महाशाखाले ल्याएको ‘उपत्यकाको प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापन सुधार कार्ययोजना–२०७५’को शुभारम्भ गर्दै उनले सो कुरा बताएका हुन् । 

‘धुँवाको मुस्लो फाल्ने गाडीलाई नियन्त्रणमा लिन्छौं’ उनले भने, ‘धुलो र धुँवाको मुस्लो फाल्ने पुराना गाडीलाई नियन्त्रणमा लिन कसैले सोच्नु पर्दैन ।’

साथै उनले अब काठमाडौं उपत्यका सफा हुन्छ । 

‘यो प्रधानमन्त्रीज्यूको पनि इच्छा र चाहना हो’ उनले थप्दै भने, ‘गृहमन्त्रालयको गृह प्रशासन सुधार योजना अनुसार पनि यो अभियान थालेका हौं ।’

त्यस्तै महानिरीक्षक खनालले सडकको फुटपाथ अतिक्रमण हटाउने कार्यपनि शुरु भएको बताए । यो कार्य स्थानीय निकायसँग मिलेर गर्ने उनले बताए । योसँगै ट्याक्सी स्ट्याण्ड र बस पिकेट पनि व्यवस्थित हुने उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?