काठमाडौं । देशको पूर्वी र मध्य भू-भागका केहि स्थानमा तथा पश्चिमी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखामा अनुसार देशको पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।
आज बिहिवार राती देशको पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ भने देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी भू-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ। उच्च हिमाली भू-भागहरुका एक-दुइ स्थानमा हल्का हिमपातको संभावना पनि रहेको छ ।
यस्तै शुक्रवार पनि देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहने अनुमान गरिएको छ ।
देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा, पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन साथ हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ। उच्च हिमाली भू-भागहरुका केहि स्थानहरुमा हल्का हिमपातको संभावना रहेको अनुमान महाशाखाको छ ।
शुक्रवार राती देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन साथ हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ। उच्च हिमाली भू-भागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ ।
शनिवार भने देशको अधिकांस भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन साथ हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ। उच्च हिमाली भू-भागहरुका धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ।
देशको अधिकांस भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन साथ हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ। उच्च हिमाली भू-भागहरुका धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया