काठमाडौं । छुट अस्थायी करार शिक्षकहरुले आज (बिहीवार) देखि २४ घण्टे रिले अनशन गर्ने तयारी गरेका छन।
हिजो बसेको छुट अस्थायी करार शिक्षकको केन्द्रीय संघर्ष समितिको बैठकले उक्त निर्णय गरेको हो।
काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा बसेको समितिको बैठकले केन्द्रीय आन्दोलनको लागि ७७ वटै जिल्लाबाट आजदेखी नै हुने धर्ना तथा सडक प्रदर्शनका लागि शिक्षकहरु आउन समेत आह्वान गरेको केन्द्रीय संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले सञ्चारकर्मीहरुलाई जानकारी गराए ।
२०७५ साल असारमा लिइएको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा २०७२ असोज २ गते पछिको अस्थायी शिक्षकलाई सरकारले विभेदपूर्ण तरिकाले छुट्याइ सौतेनी व्यवहार गरेको आरोप उनीहरुले लगाउदै आएका छ्न्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया