बाराका आँधीबेहरी पीडितलाई भक्तपुरबाट सहयोग प्रदान

भक्तपुर । यही चैत १७ गते बेलुका बारा जिल्लामा आएको विनाशकारी आँधीबेहरीबाट प्रभावित पीडित बासिन्दालाई भक्तपुरका समाजसेवी एवं व्यवसायीले राहत वितरण गरेका छन् ।

प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको अगुवाइमा भक्तपुरका समाजसेवी विज्ञान राई, श्रीभक्त कासिछ्वा, इजीवे ट्रायर सेन्टरका निर्देशक निर्भयबाबु प्रसाई, स्थानीय व्यवसायी रोमन शिलाकार, राजेश चिकम्बन्जार, पूर्ण लिम्बू, नुनम सुुब्बा, प्रविण कुस्मा, यादव राईलगायतबाट चार लाख १० हजार रकम सङ्कलन गरिएको थियो ।

बारा पर्शुरामपुर पुगेर दाता श्रीभक्त कासिछ्वा र विज्ञान राईले बुधवार सङ्कलित रकमसहित विभिन्न राहत सामग्री पीडितलाई प्रदान गरेको राईले जानकारी दिए । रकमसहितको सामग्री युवासङ्घ नेपालका अध्यक्ष रमेश पौडेलमार्फत पीडितलाई वितरण गरिएको उनले जानकारी दिए ।
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?