प्रदेश २ एसईई परीक्षा प्रकरणः प्रश्नपत्र प्रहरीबाटै बाहिरिएको निष्कर्ष

काठमाडौं । प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको प्रश्नपत्र पटक पटक बाहिरिएको थियो । 

प्रश्न पत्र लगातार बाहिरिएपछि परिक्षा स्थगित गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रदेश-२ मा शुक्रबारको एसईई परीक्षा रद्द गरेपपछि आक्रोशित परीक्षार्थीले विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए ।  प्रदर्शनका कारण वीरगन्ज शुक्रबार तनावग्रस्त बनेको थियो ।

प्रदर्शनमा उत्रिएका एसईईका विधार्थीले वीरगन्जमा शुक्रबार बिहानैदेखि प्रदर्शन गर्दै सार्वजनिक र निजी सम्पतिमा तोडफोड गर्नुका साथै आगजनी पनि गरेका थिए । 

तर, ति प्रश्नपत्रहरु प्रहरीबाटै बाहिरिएको निष्कर्ष नजिक अनुसन्धान अधिकारीहरु पुगेका छन् ।

विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । चैत  १४ र १५ मा भएको विज्ञान र सामाजिक विषयको प्रश्न–पत्र प्रहरीकै संलग्नतामा किनबेच भएको निष्कर्षसहित अनुसन्धान अन्तिम चरणमा पुगेको श्रोतले जनाकारी दिएको छ । 

घटनामा संलग्न भएको आशंका दुई जना प्रहरीसहित ८ जनालाई पक्राउ गरेको छ भने पक्राउ परेकाबाट बरामद मोबाइलको प्राविधिक विश्लेषण रिपोर्टको पर्खाइमा प्रहरी छ ।

पक्राउ परेका इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डलको प्रत्यक्ष संलग्नतामा  प्रश्नपत्र बाहिरिएको सीआईबीको अनुसन्धानले देखाएको छ ।
दाजु एसईईका परीक्षार्थी भएकाले उनको सहयोगको लागि प्रश्नपत्र लिइएको जनाइएको छ । 

हाल घटनाको अनुसन्धानमा ब्युराका एक प्रहरी नायब उपरीक्षक (डीएसपी) नेतृत्वको टोली खटिएको छ भने परीक्षा नियन्त्रण कार्यालयले पनि परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको  छ । 

दुई विषयको प्रश्नपत्र परीक्षा अगावै आउट भएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले १५ चैतमा पत्रकार सम्मेलन गरेर परीक्षा स्थगित भएको घोषणा गरेका थिए ।

राष्ट्रिय परीक्षा वोर्डले सोमबार सूचना जारी गर्दै स्थगित गरिएको प्रदेश २ को बाँकी परीक्षाहरु यही चैत्र २२ गतेदेखि २९ गते गर्ने निर्णय गरेको छ । 

राष्ट्रिय परीक्षा वोर्डको जानकारी अनुसार २२ गते अनियार्व विज्ञान वियषयको परीक्षा हुनेछ। त्यसैगरी २३ गते, अनिवार्य सामाजिक शिक्षा, २४ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण को परीक्षा सञ्चालन गर्ने भएको छ ।

साथै, २५ गते ऐछिक प्रथम र २६ गतेका लागि ऐछिक द्वितीयको परीक्षा तोकिएको जनाइएको छ । बाँकी ३ दिन भने प्राविधिकतर्फका परीक्षा हुने तय गरिएको छ। 

अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी र अनिवार्य गणितको परीक्षा मात्रै सम्पन भएका छन्।  लगातार प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो। 

यसअघि वोर्डले सूचना जारीगर्दै स्थगित परीक्षा संचालन सम्बन्धि परीक्षाको समय तालिका चैत्र मसान्त भित्रै संचालन हुने गरी प्रकाशन गरिने व्यहोरा सम्बन्धित अभिभावक, विद्यार्थी, शिक्षक लगायत सम्पूर्ण सरोकारवालाहरूलाई जानकारी गराएको थियो भने  परीक्षार्थीहरूमा पर्न गएको असुविधा प्रति राष्ट्रिय परीक्षा बोर्ड दुःख व्यक्त गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?