बारा । सशस्त्र प्रहरी परिवार महिला संघले बुधबार बारा जिल्लाको फेटा गाँउपालिका ६ पुरैनिया गाउँमा राहत सामाग्री बितरण गरेको छ ।
सो संघले हावाहुरी प्रभावित क्षेत्रका पीडित परिवारहरुलाई राहत सामाग्री बितरण गरेको हो । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनाल लगाएत सो संघका पदाधिकारीहरुले त्यस ठाउँमा पुगेर पीडित परिवारलाई ब्ल्याङकेट, झुल तथा चाउचाउ लगाएतका सामाग्री बितरण गरेका हुन् ।
राहत बितरण कार्यमा अध्यक्ष खनालसँगै सो संघका पदाधिकारीहरु प्रेमा लामा श्रेष्ठ, सरस्वती पाण्डे, अन्ना श्रेष्ठ, लक्ष्मी पोखरेल, शिला मल्ल, प्रार्थना के.सी, प्रतिभा हमाल लगाएत संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
फेटा गाँउपालिकाका अध्यक्ष अमिरलाल प्रसाद तथा सोही वडाका वडाध्यक्ष दकिर हुसेनको समेत उपस्थिति रहेको उक्त राहत बितरण कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रबिण श्रेष्ठ लगाएत सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।
आइतवार राती आएको हावाहुरीका कारण २९ जनाको मृत्यु भएको थियो भने ७ सय भन्दा बढी घाईते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया