बारा । आइतवार साँझ बारा र पर्सामा आएको विनाशकारी आँधीले पुर्याएको क्षतिको प्रारम्भिक विवरण जिल्ला प्रशासन कार्यालय बाराले गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रमण शाखालाई बुझाएको छ ।
शाखालाई तयार पारेर बुझाएको प्रारम्भिक विवरणमा ९ सय ४० घरधुरी पूर्णरुपमा ध्वस्त भएको बताइएको छ । जसमा तीनवटा इँटा उद्योग र एक स्वास्थ्य चौकी समेत परेको छ ।
साथै ९ सय ५५ घरधुरी भने आंशिक क्षति मात्रै पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
हावाहुरीले सबैभन्दा धेरै क्षति बाराको फेटा गाउँपालिकामा पुर्याएको छ ।
फेटा गाउँपालिकाको भरवलियामा १ सय ३० घर पूर्णरुपमा क्षति भएका छन् भने ६० घरमा आंशिक क्षति पुगेको छ ।
यस्तै पुरैनियामा ५५ घर पूर्ण रुपमा भत्किएका छन् भने २५ घरमा आंशिक क्षति भएको छ ।
यसैगरी फेटाकै गम्हरियाको ९ घरमा पूर्णरुपमा ध्वस्त भएको छ भने ६ घरमा आंशिक क्षति पुगेको छ ।
सोही गाउँपालिकामा सबैभन्दा धेरै १८ जनाको मृत्यु भएको थियो ।
गृहको विवरण अनुसार हालसम्म हावाहुरीका कारण २७ जनाको ज्यान गएको छ । जसमा १० पुरुष, ११ महिला, २ बालक र ४ बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा २३ जना नेपाली नागरिक हुन् भने ४ जना भारतीय छन् । तर, आमसञ्चारमध्यमहरुमा भने ३१ जनाको मृत्यु भइसकेको जनाइरहेको छ ५ यसयभन्दा बढी घाइते भएको बताइएको छ ।
आइतवार राति एक्कासी आएको आँधीहुरीसँगै आएको असिना पानीले बारा र पर्सा जिल्लामा धेरै क्षति पुर्याएको थियो ।
सो दिन बारा र पर्सामा ४८ नटको वेगले आँधी आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया