न्यायमूर्तिहरूको भागबन्डा

काठमाडौँ – सर्वोच्च अदालतका पाँचसहित २२ न्यायाधीश नियुक्तिका लागि दलीय भागबन्डाका आधारमा नाम सिफारिस भएको छ । न्यायपरिषद्ले मंगलबार उच्च अदालतका दुई न्यायाधीश र तीन कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।  
उच्च अदालतका मुख्य न्यायाधीशद्वय फ्रकाशकुमार ढुंगाना र सुष्मलता माथेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, अधिवत्ताद्वय हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन् । उनीहरूमध्ये वरीयताक्रम, अवधि र उमेर गणनाका आधारमा रेग्मी र फुयाल प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् ।

न्यायपरिषद्ले न्यायसेवामा रहेका तीनजना विशिष्ट श्रेणीका कर्मचारीलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । जसमा सरकारी वकिल समूहबाट नायब महान्यायाधिवक्ता किरण पौडेल, सर्वोच्चका रजिस्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल परेका छन् । यसअघिको पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीश रहेकी नीलम पौडेललाई पनि उच्च अदालतमा सिफारिस गरिएको छ ।

न्यायपरिषद्ले जिल्ला न्यायाधीशहरू राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेद आजाद, बालमुकुन्द दवाडी र नागेन्द्रलाल कर्णलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । अधिवक्ताबाट उच्च अदालतमा सिफारिस भएकामा जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खडका, उज्ज्वल शुक्ल र नवराज थपलिया छन् । आगामी वैशाख ३ गते उच्च अदालतका न्यायाधीश उमेशकुमार पौडेलले अवकाश पाउने भन्दै परिषद्ले त्यस ठाउँमा अञ्जु उप्रेती ढकाललाई सिफारिस गरेको छ ।

कानुन व्यवसायीका अनुसार यस पटकको नियुक्ति पनि विगतको झैं विवादमुक्त छैन । कानुन व्यवसायीको पृष्ठभूमिबाट सर्वोच्च अदालतमा सिफारिस भएकाहरू भागबन्डामा छानिएका हुन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?