चैत १९ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल चैत १९ गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

1. बारामा सुरक्षाकर्मीले टहरा बनाउँदै : 
सरकारले बाराका हावाहुरी पीडितका लागि टहरा बनाउन शुरु गरेको छ ।हुरीबाट सबैभन्दा बढी प्रभावित बाराका भुलही,भरवलिया र पुरैनिया तिनैवटा निकायका सुरक्षाकर्मीले टहरा बनाउन लागेका हुन्। 

2. प्रचण्डद्वारा मृतक परिवारलाई ५ लाख रुपैयाँ घोषणा : 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएका परिवारलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले प्रति परिवारलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेका हु्न्। 

 

3. बारा-पर्सा हावाहुरीः १ हजार ५ सय २ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्याङक : 
आइतवार राती आएको हावाहुरीका कारण बारामा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्याङक आएको छ । नेपाल रेडक्रस सोसाइटी बारा शाखाले गरेको प्रारम्भिक तथ्याङक संकलनका क्रममा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको देखिएको हो । 

4. प्रदेश ३ सरकारद्वारा एक करोड सहयोग घोषणा : 
प्रदेश ३ सरकारले बारा, पर्सा लगायतका आँधीबेहरी पीडितकालागि  आर्थिक सहयोगको निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश २ सरकारमार्फत एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।

 

5. तरुण दलका कार्यकर्ता पुरीको हत्यारा सार्वजनिक : 
नेपाल तरुण दलका कार्यकर्ता अनिष पुरीका हत्याराहरुलाई रुपेन्देही प्रहरीले सार्वजनिक गरेको छ ।  प्रहरीले उनीहरुलाई मंगलबार सार्वजनिक गरेको हो । गत फागुन २६ गते राति करिव साढे ७ बजेको समयमा रुपन्देहीको देवदह नगरपालिका–९ घोडाहस्थित संगमपथमा हत्या गरिएका पुरीका हत्यारा सोही स्थानका आफ्नै  १२ जना साथीहरुको समूह रहेको अनुसन्धानबाट खुलेको हो ।

 

6. विद्यार्थीलाई प्रहरीले भन्यो, 'विप्लव समुह देखे १०० मा फोन गर्नुु' : 
एसईई दिएर घर फर्कन लागेका विद्यार्थीलाई कालिकोट प्रहरीले विप्लव समुहमा नलाग्न तथा उनीहरुको शंकास्पद गतिवीधि देखे प्रहरीमा खबर गर्न आग्रह गरेका छन् ।

7. राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता : 
राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुवै पार्टीबीच एकता भएको घोषणा गरिएको हो । एकतासँगै पार्टीको नाम राष्ट्रिय जनमुक्ति पार्टी नै रहनेछ ।

8. यस्तो कारण देखाउँदै बन्द गर्‍यो फेसबुकले कङ्ग्रेसका छ सय पेज : 
फेसबुकले भारतको प्रमुख विपक्षी दल कङ्ग्रेस पार्टीसँग सम्बन्ध भएका छ सयवटा भन्दा बढी पेज हटाइएको छ ।

9. केपी ओलीलाई कर प्रसाद ओलीको संज्ञा : 
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई ‘कर प्रसाद ओली’ को संज्ञा दिएका छन् ।वर्तमान दुई तिहाई सरकारसँग जनता आजित भइसकेको भन्दैे कर, मंहगी भ्रष्ट्राचार, शान्ति सुरक्षा दिन नसकेको भन्दै उनले सरकारबाट केही काम हुन नसक्ने बताए । 

 

10. को बन्छ करोडपतिको सेटमा भद्रगोल टिम : 
चर्चित हाँस्यटेलिसिरियल भद्रगोलका टिम यो साता को बन्छ करोडपती खेल्न को बन्छ करोडपतीको सेटमा पुगेका छन्। अर्को साता प्रशारण हुने को बन्छ करोडपतीको भागमा गेम खेल्न उनीहरु पुगेका हुन्। 

 

11. ग्लोबल बैंकले भूकम्प पीडितलाई सहुलियत ब्याजदरमा ऋण दिने : 
ग्लोबल आइएमई बैंकले नुवाकोटका भूकम्प पीडितलाई सहुलियत ब्याजदरमा ऋण दिने भएको छ । बैंकले जिल्लामा पहिलोपटक भूकम्प पीडितलाई सहुलियत ब्याजदरमा ऋण दिन लागेको हो । यो कायक्रम नुवाकोटमा पहिलो पटक शुरु गर्न लागेको हो । 

 

12. सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस : 
न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।नियुक्ति सिफारिसका लागि मंगलबार बिहान बसेको न्यायपरिषद् बैठकले ५ न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको हो । 

 

13. अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको मर्मत कार्य शुरु, तीन महिनासम्म दैनिक १० घण्टा बन्द हुने : 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा ममर्त शुरु गरिएको छ ।नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ‘क्यान’ ले विमानस्थलले सोमवार रातिदेखि धावनमार्ग मर्मतको काम अघि बढाएको हो ।  

14. बंगलादेशी क्लब अबहानीविरुद्धको खेल्न मनाङका खेलाडी फिट प्रशिक्षक गुरुङ : 
‘ए’ डिभिजन क्लब मनाङ मस्याङदी क्लबका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले ‘एएफसी’ कप फुटबल खेल्न आफ्नो खेलाडीहरु तयारी अवस्थामा रहेको बताएका छन् ।   

15. नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको घोषणा, कप्तानीको जिम्मेवारी रोहितलाई : 
आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । मलेसियामा आयोजना हुने उक्त प्रतियोगिताको लागि मंगलवार मुख्य प्रशिक्षक बिनोद दासले १४ सदस्सीय टोलीको घोषणा गरेको हो । प्रतियोगितामा रोहित पौडेललाई कप्तानीको जिम्मेवारी दिएका छन् ।

 

16. शेयर बजार  दोहोरो अङ्कले वृद्धि : 
धितोपत्र बजारमा मंगलवार शेयरको मूल्यमा दोहोरो अङकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलब ७२ बिन्दुले बढेर एक हजार १६३ दशमलब  ४७ बिन्दुमा पुगेको छ । 

 

17. वसन्त ऋतु शुरु भएसँगै आरोही धमाधम हिमालतिर 
हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् ।सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, ल्होत्से अमादब्लम, पुमरीलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो सङ्ख्यामा आरोही हिमालतिर लागेका हुन् ।

 

18. अटिजम केयर नेपाल सोसाइटी: पिडामा मल्हम लगाउँदै, महिनामा ६० देखि ८० जना बालबालिकालाई थेरापी दिँदै  : सम्मान सुब्बा १३ वर्षका भए । तर १३ वर्षका सामान्य बालबालिका र उनमा निकै कम समानता छ । त्यही भिन्नता तोड्न उनका बाबाआमाले धेरै वर्ष खर्चिए । पैसा खर्चिए । तर, सबै प्रयास असफल ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?