विद्यार्थीलाई प्रहरीले भन्यो, ‘विप्लव समुह देखे १०० मा फोन गर्नु’

एसईई दिएर घर फर्कन लागेका विद्यार्थीलाई कालिकोट प्रहरीले विप्लव समुहमा नलाग्न तथा उनीहरुको शंकास्पद गतिवीधि देखे प्रहरीमा खबर गर्न आग्रह गरेका छन् ।

जिल्ला सदरमुकाम मान्मस्थित महादेव आधारभुत विद्यालयमा परिक्षा दिएर घर फर्कन तयार भएका सय भन्दा धेरै विद्यार्थीलाई प्रहरी र जनप्रतिनिधिले सम्बोधन गर्दै गाउँमा विप्लवका नेता देखे प्रहरीलाई खबर गर्न अनुरोध गरे ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमको आयोजनाको क्रममा सहभागी भएका  विद्यार्थीलाई प्रहरी र जनप्रतिनीधिले  ‘कुलतमा नलाग्नु, समाजका विकृती हटाउनुपर्छ, उच्च शिक्षा हासिल गर्न तयारी कक्षाहरु लिनु, विप्लव समुहमा पनि नलाग्नु, गाँँउमा विप्लव समुहका नेताहरु देखेपछि सय नम्बरमा फोन गरेर प्रहरीलाई खबर गर्नु ’ भन्दै सिकाएका हुन् ।  

प्रहरीले जिल्लाका ९ वटै स्थानीय तह, ८२ वटै वडा र २५ वटा माध्यामिक विद्यायमा समिति बनाएर अभियान चलाइरहेको बताइएको छ ।

यस वर्ष कालिकोटबाट एसईई परिक्षामा ३ हजार ६ सय ११ जना विद्यार्थी सहभागी भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?