बुटवल । अज्ञात व्यक्तिको गोली प्रहारबाट कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ ।
आइतवार राति कृष्णनगर नगरपालिका १० विद्यानगरमा अज्ञात व्यक्तिले गोली चलाउँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४५ वर्षीय पारस पुरी छन् ।
आइतवार राति ९ बजे आफ्नै घर नजिकै बसिरहेका बेला मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले पुरीमाथि गोली प्रहार गरेर भागेका थिए ।
छातीमा गोली लागेर गम्भीर घाइते उनको उपचार क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिए ।
पुरीमाथि गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया