काठमाडौं । आइतवार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ भने ५ सय भन्दाबढी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जनाएको छ ।
त्यस्तै पर्सामा ४ जनाको ज्यान गएको छ ।
यसैगरी हावाहुरीले ठूलो हातहती भएकाले मृतकहरुको पहिचान हुन सकेको छैन भने मृतको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

घाइतेको संख्या बढेपछि अस्पतालमा उपचारका लागि समस्या भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
बिरामीको चापले रगतसमेत अभाव भएको छ ।
हिजो साँझ आएको हावाहुरी र वर्षाका कारण तराई–मधेशका धेरै जिल्लाहरु प्रभावित भएपनि अन्य जिल्लाबाट भने क्षतिको खबर प्राप्त भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया