सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं–सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकमा पदोन्नती भएका अधिकृतहरुलाई आइतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकार सचिवस्तरको यही चैत्र १५ गतेको निर्णयले उनीहरु पदोन्नती भएका हुन् ।
खनालले त्यसअवसरमा कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायीकता तथा कार्यदक्षता लगायत पेशागत जिम्मेवारी निर्वाहमा पु¥याएको योगदानको समेत मूल्यांकन गर्दै पदोन्नती गरिएको चर्चा गर्दै आगामी दिनहरुमा समेत उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल रहन निर्देशन दिए  ।

उनले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु आ–आफ्नो तहबाट पूर्णरुपमा व्यावसायीक भई जिम्मेवारी निर्वाहमा सधै तल्लीन रहनुपर्ने बताउँदै सकारात्मक सोचका साथ अगाडी बढेमा सफलता प्राप्त हुन सघाउ पुग्ने उल्लेख गरे ।
खनालले सशस्त्र प्रहरी अधिकृतहरुले राष्ट्र र संगठनबाट प्राप्त जिम्मेवारीहरुलाई कुशलतापूर्वक सम्पन्न गर्दै फौजी अनुशासनमा रहेर नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपद विपद्मा उद्धार कार्यमा सामूहिक भावनाका साथ तल्लीन रहनुपर्ने बताए ।

    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?