अपहरणको नाटक गरी फिरौती रकम माग गर्ने एक जना पक्राउ

काठमाडौं–अपहरणको नाटक गरी आफ्नै परिवारसँग २३ लाख रुपैयाँ फिरौती रकम माग गर्ने काठमाडौं जडिबुटी बस्ने दार्चुला नौगाड गाउँपालिका ६ बस्ने २६ वर्षीय जयभान सिंह धामीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  
धामीलाई अपरिचित व्यक्तिहरूले गत बिहीबार अपहरण गरी २३ लाख रुपैयाँ फिरौती रकम माग गरेको भन्ने सूचना महानगरीय अपराध महाशाखा टेकुमा प्राप्त भएपश्चात उक्त महाशाखाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा धामीलाई काठमाडौं चावहिलमा फेला पारेको थियो ।
  सोधपुछ गर्ने क्रममा धामीले आफू अपहरणमा परेको नभई लेनदेनको कारणले आफ्नै परिवारसँग फिरौती रकम माग गरी अपहरणको नाटक गरेको भनि बताएपछि अपहरणको नाटक गरेको खुल्न आएको सो महाशाखाले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?