धुलाम्य सडक सफा गर्न ब्रुमरलाई चुनौती

काठमाडौंँ। राजधानी काठमाडौँको सडक सफा गर्न खटिएका पाँचवटा बु्रमरले यतिबेला चुनौती खेपिरहेका छन् । विदेशका चिल्ला सडक सफा गर्ने बु्रमरलाई अव्यवस्थित सहरको धुलाम्य सडक सफा गर्न चुनौती खेप्नु परेको हो ।

सडकमा थुपारिने गेग्रान, गिटीबालुवा र फोहोर काठमाडौँ महानगरपालिकाको धुलो सफा गर्ने बु्रमरलाई निकै अप्ठेरो परेको छ । “बु्रमरले तान्नै नसक्ने गिटी, ईंटा, बालुवाले ब्रुमरलाई अप्ठेरो परेको छ,” महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?