लगानी सम्मेलन : उब्जिएका प्रश्न र केहि थान चुनौती

– डा.रामप्रसाद दाहाल
कुनैपनि ज्ञान बाहिरबाट आउँदैन सबै भित्र हुन्छ । हामीलाई लाग्छ, न्यूटनको गुरूत्वाकर्षणको अविस्कारले कुनै एउटा कुनामा बसेर न्यूटनको प्रतिक्षा गरिरहेको थियो । प्रश्न उठ्छ, अनि सार निस्कन्छ ‘विषय’ परिस्थिति, अध्ययन, आवश्यता र व्यक्तिको ‘मन’ले निर्धारण  गर्छ ।

विगतदेखिको ६२३ परियोजना त्यसै त्यसै अधूरो र अपूर्ण र अलपत्र पारेर छाडिएको नेपालमा करिब ६ दर्जन परियोजना लगानी सम्मेलनमा राखिने भएको  छ ।

शिक्षाले हामी आफ्नो जीवन निर्धारण गर्न सक्छौं र आर्थिक पहुँच र विस्तार पनि गर्न सक्छौं ? विस्तार कै क्रममा उद्बोध भए जस्तो लाग्दछ, लगानी सम्मेलन । शोकेसमा परियोजना केन्द्रिकृत भएका छन् । विगतदेखिको ६२३ परियोजना त्यसै त्यसै अधूरो र अपूर्ण र अलपत्र पारेर छाडिएको नेपालमा करिब ६ दर्जन परियोजना लगानी सम्मेलनमा राखिने भएको  छ । रणनीतिक योजनाहरू आर्थिक पहुँच र विस्तारका लागि कोशे ढुङ्गा सावित हुने आर्थिक पक्षका दुरदृष्टि भित्र बुझाइरहेको छ । जो सकारात्मक पनि छ । 

लगानी सम्मेलनमाभर्खर पहिचान भएदेखि विस्तृत अध्ययन भएका परियोजनासम्म प्रस्तुत हुने भएको छ । करिब १ हजार व्यक्तिहरूको सहभागी रहने मध्ये झण्डै ५१% विदेशीहरूको सहभागिता हुने कुरा आएको छ । स्वदेशी र विदेशी मष्तिष्कहरूले माथापच्चिसी गर्नेछन् । राष्ट्रको ध्यान केन्द्रिकृत हुने छ ।

एउटा बहुप्रतिक्षित योजना त समय समाप्त नगर्ने, ६२३ योजना अलपत्र पार्ने, अनि ७७ योजना शोकेसमा राखेर अहम् देखाउनुको के अर्थ छ र ? भन्नेहरूको बौद्धिक जमात पनि कस्सीएर लागेको छ ।

आशाको दीयो बल्नेछ, जनता आर्थिक पहुँच भित्र पस्नेछन् । एक झुम्रो लगाउन र एक पेट खान भौतारिनु पर्नेछैन, दुई तिहाइको सरकारले दिनेछ, सुखी नेपाली, सम्वृद्ध नेपाल । नेपालीको यात्रा सम्वृद्धितिर । आत्मविश्वास बढाउने प्रयास भइरहेछ “पानी विनाको जीवन” भोग्नुपरेको उपत्याकावासी मेलम्ची खानेपानी सम्झँदै प्रत्येक दिन यस परियोजनामा यति घाटा भएको छ भनेर हिसाब किताब जोडिरहेका छन् । एउटा बहुप्रतिक्षित योजना त समय समाप्त नगर्ने, ६२३ योजना अलपत्र पार्ने, अनि ७७ योजना शोकेसमा राखेर अहम् देखाउनुको के अर्थ छ र ? भन्नेहरूको बौद्धिक जमात पनि कस्सीएर लागेको छ । सत्ता र प्रतिपक्ष जुहारी खेल्दैछन् । विषय उही छ – हेराई, नकारात्मक र सकारात्मकको द्वन्द्वमा फसेको छ । ‘लगानी सम्मेलन’ कार्यान्वयन गर्न नसक्ने तर जनतालाई भ्रम सृजना गर्न ल्याइएको महत्वकांक्षा हो भनेर प्रतिपक्षका अर्थविद्हरूले भनेका छन् । अर्थविद्हरू पनि सत्ता र प्रतिपक्षमा विभक्त छन् यथार्थता यस्तै छ । 

बजारमा आाएका तथ्याङ्कहरूले आजसम्म नेपालमा करिब १ खर्ब ५० अर्बको हाराहारीमा वैदेशिक लगानी आएको तर वार्षिक २ अर्ब भन्दा कम लगानी भित्रिएको लाजमर्दो र पीडादायी अवस्थाबाट गुज्रिएको नेपालको सिष्टमप्रतिको दोष देखिन्छ । नियम कानुन र लगानीको ग्यारेन्टीको अभावले लगानीको मात्र बढ्न सक्तैन । कमाएको प्रतिफल लैजान पाउनुपर्ने अवस्थामा तत्काल नियम कानुुनमा प्रष्ट हुनुपर्दछ भने अर्को तर्फ कार्यान्वयनमा । हिजोको अन्य मुद्दाहरूमा विषय उठ्थियो – ‘कार्यान्वयन’ प्रणाली नै नेपालमा फितलो छ ।

 

कतिपय कुर्सीमा पुग्नेहरूको नीति निर्माण गर्नुहरूको मष्तिष्क नै नकारात्मक छ । त्यसैले आफू जुन कुर्सीमा बस्न पुग्छ – पहिले बसेको नयाँ नै होस कुर्सी फेर्छ, टेबुल फेर्छ, कोठाको पर्दा फेर्छ, पेनदानी फेर्छ, सोफा फेर्छ, सबै फेर्छ बजेट खर्च गर्छ त्यो कोठा फेर्दा गरिएका खरिदमा कमिशन पनि खान्छ यो कुटुसत्यबाट माथि उठ्न नसकेको नेपाली पदीय मनहरूबाट आर्थिक पहुँच र विस्तार गर्न निकै कठिन र जटिल छ । तर यसलाई चिर्न सके नै राष्ट्रले नयाँ शक्ति र नयाँ गति प्राप्त गर्न सक्षम हुन्छ । विषय सानो तर गहन छ । 

विकसित मुुलुकहरूका विज्ञहरू भन्न थालेका छन्, ''विकसित देशको योजना परियोजना र विकासलाई हेरेर विकासोन्मुख देशहरूले योजना बनाउनु भनेको स्वर्ग जाने लिस्नो (भ-याङ) बनाउन खोजे जस्तै हो । न स्वर्ग, न भ-याङ !''

यो सम्मेलनमा करिब ३२ खर्बको ७७ परियोजनामा ४० देशका ६५० विदेशीहरूले लगानी गर्ने भन्नेछन्, बोलकबोल गर्नेछन् अनि नेपाल तर्फबाट नीजि लगानी आकर्षित गर्न रस्साकस्सी  गर्नेछन् । विकसित मुुलुकहरूका विज्ञहरू भन्न थालेका छन् । हाम्रो विकसित देशको योजना परियोजना र विकासलाई हेरेर विकासोन्मुख देशहरूले योजना बनाउनु भनेको स्वर्ग जाने लिस्नो (भ-याङ) बनाउन खोजे जस्तै हो । न स्वर्ग, न भ-याङ ! त्यसैले आफ्नै देशको भौगालिक अवस्था, जनसङ्ख्या, क्षेत्रफल, प्राकृतिक सम्पदा, भूराजनीतिक अवस्था आदि सम्झेर काम गर्दा मात्र त्यो औचित्यपूण हुन्छ । नत्र अर्थहीन असमानताको खाडल नै बन्दछ । लगानी सम्मेलनले छाडेर जाने समाधान भन्दा समस्यै–समस्याको पोको हुनेछ ? वैदेशिक हस्तक्षेप भित्रनेछ । 

जे होस् लगानी सम्मेलन उर्जा लिएर आएको छ । उर्जामा नै ठूलो परियोजना प्रस्ताव गरिएको छ । कानुन नीति नियमबाट लगानीकर्ता फर्कनु पर्ने छैन भन्ने विश्वास दिएको छ । लगानीको दीगो विकासका लागि सोच भएको छ । जलविद्युतमा २५ परियोजना १५ खर्बको प्रस्ताव गरिएको छ । ५ खर्ब ६३ अर्ब लगानी शिक्षा स्वास्थ्यमा प्रस्ताव गरिने भएको छ । विषय मीठो छ, दाताको मन कति खुल्छ । आतिथ्यको स्वाद र सम्मेलनको भीड मात्रै हुन्छ कि ? मोदीले बोलकबोल गरेको करोडौंको अनुदान सहयोग हराए झैँ हुने पो हो कि ? माछो माछो भ्यागुतो बन्ने पो हो कि ? प्रश्नै प्रश्न छन् यसबाट समाधान खोज्नै पर्दछ । समाधानका लागि देहायका विषयमा केन्द्रित हुनै पर्दछ । वैदेशिक स्रोत जुटाउन लगानी सम्मेलन औचित्यपूर्ण छ भन्ने पुष्टि हुनैपर्छ । समय समयमा सम्मेलन हुनु आफैंमा सकारात्मक पहल कदमी हो भन्ने विश्वास छर्नैपर्छ । सो प्रयोजनका लागि पूर्ण तयारी पक्कै भएकै हुनुपर्दछ । 

विषय मीठो छ, दाताको मन कति खुल्छ । आतिथ्यको स्वाद र सम्मेलनको भीड मात्रै हुन्छ कि ? मोदीले बोलकबोल गरेको करोडौंको अनुदान सहयोग हराए झैँ हुने पो हो कि ? माछो माछो भ्यागुतो बन्ने पो हो कि ? प्रश्नै प्रश्न छन्

अन्त्यमा, हाम्रो देशको विडम्बना सबै ठीक हुन्छ तर अनुगमन र कार्यान्वयन यति फितलो हुन्छ खोलो नभएको ठाउँमा पुल बनेको छ । झोलामा खोला  राखिन्छन् । निर्णय गरिन्छन् कार्यान्वयन हुन्न ? अनुगमनकर्ता भत्तामा र सत्तामा निर्लिप्त बन्दछ । नाता मोलाहिजा र पार्टीको पहुँच भित्र आफूले भने अनुसार नभए योजना नै तुहिन्छ । यो जटिल तर कटुसत्य विगत र दशकदेखि भोग्दै आएको नेपालीले पहिलो रघुपति जुट मिल्स विराटनगरको कथा पढे पनि हुन्छ वा मेलम्ची । यी सबै पक्षबाट सचेत भई नियम कानुनबाट चुस्त बोलको प्रतिबद्धता पूरा गर्ने अठोट, दृढ सङ्कल्प, काम थाल्दै नथाल्ने थालेपछि छाड्दै नछाड्ने र पूरा गरेर नै छाड्ने कार्य भयो भने नेपालको इतिहासमा यो सम्मेलन अन्य सम्मेलनको तुलनामा कोशे ढुङ्गा सावित   हुनेछ । ठूलाबडा र पहुँच पुग्ने क्षेत्रमा मात्र अलमलिएको र अत्यधिक सार्वजनिक खर्च गर्न पल्किएको, सुविधाभोगी, कमिशनखोरी, पद, प्रतिष्ठा र पैसामा लालयित पक्षहरू भन्दा माथि उठेर जनताको घरदैलोमा ‘प्रतिफल’ झार्न सके आर्थिक पहुँच विस्तार हुनेछ लगानी सम्मेलन सार्थक हुनेछ । नेपालका दीगो विकासले यात्रा थाल्नेछ । सम्मेलनको सफलता तब मात्रै हुन्छ जब नतिजामुखी परिणामको आशामा बसेका नेपालीहरूको मुहारमा उज्यालो छर्न राष्ट्र प्रतिबद्ध हुन्छ । बाँडेका वाचा कार्यान्वयनमा जान्छ । सुनौलो घाम र सुन्दरयाम बनोस्, बोल्न सजिलो गर्न गाह्रो नबनोस् – लगानी सम्मेलन । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?