चैत्र ३ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

1. विप्लव समूह अनधिकृत झुण्ड हो प्रधानमन्त्री ओली : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् ।  विराटनगर विमानस्थलमा आज पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताए ।

 

2. राजपा सरकारमा नरहेकाले आफूले समर्थन फिर्ता लिनुको अर्थ छैन -उपेन्द्र यादव :  संघीय समाजवादी फोरम नेपालका संयोजक उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने कुरा नभएको बताएका छन् । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले आइतवार दिउँसो विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सो कुरा बताएका हुन् । 

 

3. नेकपा अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान :  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतवार अमेरिका प्रस्थान गरेका छन् ।पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आइतवार साँझ ५ बजे अमेरिका लागि प्रस्थान गरेका हुन् । 

 

4. राजपाद्वारा संसद बैठक अवरुद्ध :  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आजको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । बैठक १० मिनेटका लागि स्थगत गरेका छन् ।

 

5. गगन थापा जनकपुरमा, सीके राउत र पूर्वराजालाई तीखो प्रहार :  प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसद गगन थापा शुक्रवार तराई–मधेश पुगेका छन् । यसैबीच सरकारसँग ११ बुँदे सहमति गरेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत र पूर्वराजा ज्ञानेन्द्र शाह यतीबेला प्रदेश २ को राजधानी जनकपुरधाम मै छन् । 

 

6. काठमाडौंको तारकेश्वरमा बर्डफ्लु भेटियो, तीन हजार कुखुरा नष्ट :  काठमाडौंको तारकेश्वरमा बर्डफ्लु भेटिएको छ । तारकेश्वर नागरपालिका १ साङ्लाखोलामा १३ वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लुका जीवाणु भेटिएको हो । 

7. शेयर बजारमा ६ अङ्कले बढ्यो : शेयर बजारमा आइतवार ६ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५ दशमलब ९९ विन्दुले बढेर एक हजार १६१ दशमलब ४५ विन्दुमा पुगेको हो । 

8. सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध होइन – मन्त्री बाँस्कोटा : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याउनुपरेको बताएका छन् ।  

 

 

9. त्रिवि उपकुलपतिले झुठो बोलेको आरोप, पद्मकन्यामा आन्दोलन :  त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख बनाउन नमानेको आरोप लगाउदै महिला प्राध्यापक र विद्यार्थीहरुले आज बागबजारस्थित पद्मकन्या क्याम्पसमा नारावाजी गर्दै धर्ना दिएका छन् ।

10. सीके राउतको राष्ट्रिय परिषद् बैठक लाहानमा शुरु, बैठकमा प्रवेश गर्न नागरिकता अनिवार्य :  सरकारसँग ११ बुँदे सहमति गरेको तीन दिनपछि प्रदेश २ को राजधानी जनकपुरधाम पुगेका सीके राउतको ‘स्वतन्त्र मधेश गठबन्धन’को राष्ट्रिय परिषद् बैठक लाहानमा शुरु भएको छ । 

 

11. युवा तथा खेलकुद विकासको एक वर्ष-यस्तो छ मन्त्रालयले पेश गरेको एक वर्षको उपलब्धी :  युवा तथा खेलकुद मन्त्रालयले एक वर्षको उपलब्धी सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा युवाको क्षमता, नेतृत्व विकास, रोजगारी, स्वरोजगारी र उद्यमशीलता कार्यक्रम सञ्चालन गरी युवाको विकास र परिचालनमा उपलब्धीहरु हासिल भएको जानकारी दिइयो । 
 

 

 

12. महिला साफ फुटबल – भारत समूह विजेता तथा श्रीलंका उपविजेता बन्दै सेमिफाइनलमा :  भारत समूह ‘बी’को विजेता बन्दै जारी महिला साफ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । यता श्रीलंका भने उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । 

 

13. नेकपाको शासनकालमा देश चुर्लम्म भ्रष्टाचारमा डुब्यो – राप्रपा संयुक्त : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले नेकपाको शासनकालमा देश चुर्लम्म भ्रष्टाचारमा डुबेको बताएका छन् ।

14. यस कारण थपियो डोल्पामा सुरक्षाकर्मी, रोकिएला त विप्लव समूहको हिंसात्मक गतिविधि  ?   सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका गतिविधि नियन्त्रण गर्न केन्द्र र प्रदेशमा सुरक्षा व्यवस्था कडा बनाएको छ । गत मगंलवार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई प्रतिबन्ध गर्ने निर्णय गरेसँगै केन्द्र र प्रदेशमा थप सुरक्षाकर्मी खटाइएको हो । 

 

15. विमानस्थल कालोपत्रेको काम शुरु हुन सकेन :  यही चैतभित्र बैतडीको पाटन विमानस्थलको कालोपत्रे गरी सक्ने भनिए पनि अझै कार्य शुरु भएको छैन् । गत असारमा सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल कालोपत्रे गर्ने कार्य थालनी नहुँदा स्थानीय बासिन्दा निराश बनेका छन् । 

 

16. फेसबुक प्रयोगकर्तालाई आफ्नो फेसबुक डिलिट गर्न ह्वाट्सएप संस्थापकको अपिल :  फेसबुक प्रयोगकर्ताहरुलाई आफ्नो फेसबुक अकाउण्ट डिलिट गर्न मेसेजिङ्ग एप ह्वाट्सएपले अपिल गरेको छ । फेसबुक स्वामित्वको लोकप्रिय मेसेजिङ्ग एप ह्वाट्सएपका सह–सस्थापक ब्रायन ऐक्टनले फेसबुक प्रयोगकर्तालाई यस्तो अपिल गरेका हुन् । 

 

17. राजपाले फोरम सामु राख्यो सरकार छाड्नु पर्ने शर्त :  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले एकता प्रक्रिया अगाडी बढाउन सरकार छाड्नु पर्ने एक मात्र शर्त संघीय समाजवादी फोरम नेपाल सामु राखेको छ । गत फागुन १५ गते एकताका लागि भन्दै फोरमले राजपालाई पत्र पठाएको थियो ।

 

18. बाढीमा परी इन्डोनेसियामा ६३ जनाको मृत्यु :  इन्डोनेसियामा शनिवार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।  घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?