नवलपरासी । नवलपुरको कावासोतीमा दुईवटा ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
आइतवार बिहान करिब २ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोतीको खरकट्टा जंगलमा ना ७ ख १०९९ र ना ६ ख ११९४ नम्बरको ट्रक एकआपसमा ठोक्किएको हो ।
घटनामा अन्य दुई जना गम्भीर घाइते समेत भएका छन् ।
मृत्यु हुने दाङ घर भएका अनराम राखल छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा दाङकै सुदिप राई र विनोद लामा गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ भने राखलको शवलाई पोस्टमार्टमका लागि दुम्कौली स्वास्थ्य केन्द्र देवचुलीमा पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया