पोखराको सभागृह चोकमा शंकास्पद वस्तु फेला

पोखरा । पोखराको सभागृह चोकमा बिहीवार बिहान शंकास्पद वस्तु फेला परेको छ । 

सभागृह चोकमा रहेको शंकास्पद वस्तु बम भएको आशंका गरीएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । 

कास्की प्रहरीका अनुसार नेपाली सेनाले अहिले सवारी आवागमन रोकेर उक्त शंकास्पद वस्तु बम हो वा होइन् भन्ने बारे अनुसन्धान गरिरहेको छ । 

उक्त शंकास्पद वस्तु कसले राखेको भन्नेबारे खुल्न सकेको छैन । शंकास्पद वस्तु भेटिएपछि पोखराको सभागृह आसपासका क्षेत्रमा त्रास फैलिएको छ ।

तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले आज (बिहीवार) देशव्यापी बन्दको आह्वान गरेको छ । यद्यपी यही समूहले उक्त शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीको अनुमान छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?