WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल फागुन २९ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु ।
यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । कृपया LOKPATH TV सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. काठमाडौंमै भेटियो हरियाली गाउँ, भाले बासेपछि शुरु हुन्छ बिहानी (भिडियो ) : काठमाडौंको कपनस्थित आकाशेधारा चोकबाट केही मिनेट उकालो लागेपछि पुगिन्छ अर्गानिक फार्म हाउस रिसोर्ट । यो रिसोर्ट हो तर, रिसोर्ट जस्तो छैन । किनकी यहाँ इम्पोर्टेड लाइट छैनन्, लालटिन झुन्डाइएको छ । यहाँका गेट तथा कम्पाउन्ड बनाउन आधुनिक रड होइन बाँसका भाटा र झिक्रा प्रयोग गरिएको छ । यहाँको हावामा एयर फ्रेस्नर र अत्तरको गन्ध होइन प्रकृतिको ताजा बास्ना हर्हराउँछ ।
2. सरकारी र निजी क्षेत्रको बैंक विस्तार समान रुपले हुनेछ अर्थमन्त्री : अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षभित्रै मुलुकका सबै स्थानीय तहमा बैंकको सेवा पु९याइने बताएका छन् । प्रतिनिधिसभाको आज ‘बुधवार’को दोस्रो बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उहाँले सिंहदरबारमा मात्र होइन मुलुकका सुगम र दुर्गम क्षेत्रमा समेत निजी र सरकारी बैंकको शाखा विस्तार समान रुपमा हुनेछ भने ।
3. बोइङ ७३७ म्याक्स -नेपालमा ‘नो इन्ट्री’ : इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमान दुर्घटनामा १५७ जनाको ज्यान गएपछि बोइङ ७३७ म्याक्स आफ्नो आकाशमा उडाउन भारतले प्रतिबन्ध लगाएको छ । ५ महिना पनि नपुग्दै दुईवटा भयानक दुर्घटना झेलेको बोइङ ७३७ भारतीय आकाशमा उडाउन अनुमती रद्ध भएसँगै बोइङ ७३७ म्याक्स नेपाल आउने बाटो बन्द भएको हो ।
4. राष्ट्रियसभा बैठक खेलकूद विधेयक प्रस्ताव स्वीकृत : राष्ट्रियसभाको आज ‘बुधवार’ को बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक,२०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेको थियो ।
5. महिला साफ च्याम्पियनसिपमा भारतको सहज जित, माल्दिभ्स भारी गोल अन्तरले पराजित : विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपमा भारतले सहज जित निकालेको छ । शहिद रंगशालामा बुधवार भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा भारतले माल्दिभ्सलाई ६९० गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको ८ मिनेटमा नै भारतले खेलमा अग्रता लियो ।
6. ‘विप्लव’माथि लगाइएको प्रतिबन्धबारे बोले मोहन वैद्य, रेशमलाल चौधरीलाई यसो भने : मोहन वैद्य (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारले एउटा कम्युनिष्ट समूहमाथि गरिएको प्रतिबन्ध निन्दनीय भएको बताएको छ ।
7. एक हजार ३ सय कर्मचारीलाई कारवाही गर्न राष्ट्रिय सतर्कता केन्द्रको सिफारिस : राष्ट्रिय सतर्कता केन्द्रले २८ जिल्लाका एक हजार २ सय ४० कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४ सय ५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २ सय ४० कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको हो ।
8. सरकारले हतारमा ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगायो – देवेन्द्र पौडेल : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधनलगायतका आफूहरुको मुख्य मागहरु अहिलेसम्म सम्बोधन नभएको भन्दै कडा आक्रोश पोखेका छन् । उनले भने,‘राजपा शान्तिपूर्ण आन्दोलनको लाईन छोड्दैन् । हाम्रा मागहरु पूरा भएका छैनन् ।’
9. कसरी दिने परीक्षा ? यस्ता छन् शिक्षाविद्का टिप्स : परीक्षा दिन सायद नै कसैलाई रमाइलो लाग्छ होला । नेपालमा चैत्र महिनामा मात्रै मन्टेश्वरीदेखि कक्षा १० सम्मको परीक्षा हुने महिना हो । त्यसैले यतिबेला मन्टेश्वरीदेखि नै कक्षा १० सम्मका विद्यार्थीहरुलाई कसरी परीक्षाको तयारी गर्ने कसरी राम्रो नतिजा ल्याउने भनने पिरलोले गाँजेको छ ।
10. फूलको आँखामा फूलै संसार….(फोटोफिचर) काठमाडौं शहर । धेरै काठमाडौँबासीले सहरको न्वारन गरेर धुलोमाडौँ, मास्कमाडौँ, हिलोमाण्डौँ नाकाकरण गरेका छन् । छ न पनि शहर कहिल्यै सफा छैन । हराभरा र स्वच्छता सहरले गुमाएको दशक भयो । बढ्दो जनसंख्या, सिमीत स्रोत साधनले सहरको बसाई उकुसमुकुस बनाएको छ ।
11. मधेश यात्रामा पूर्वराजा, ज्ञानेन्द्र शाह भर्सेस सीके राउत ! : पूर्वराजा ज्ञानेन्द्र शाह आज (बुधवार) प्रदेश २ को राजधानी जनकपुर प्रस्थान गर्दै छन् । काठमाडौंबाट हवाईमार्ग हुँदै जनकपुर एयरपोर्ट जाने कार्यक्रम तय भएको छ । यो सँगै तराईमा पूर्वराजा शाहको चर्चा चल्न थालेको छ भने सरकारसँग सहमति गरेर एकाएक चर्चामा आएका सीके राउतको चर्चा सेलाएको छ ।
12. नेपाली खेलकुदको आज कालो दिन : आज फागुन २९ अर्थात् नेपाली खेलकुद जगतको कालो दिन । आज कै दिन नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको मैदान दशरथ रगंशालामा सयौंको संख्यामा खेल समर्थकहरुले ज्यान गुमाएका थिए । त्यतिबेला फुटबल खेल हेर्ने क्रममा भागदौड मच्चिदा बालबालिकादेखि बुढापाका समेतको मृत्यु भएको थियो ।
13. सेनाले ग-यो उच्चस्तरीय सुरक्षा तालिम : नेपाली सेनाले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको समापन गरेको छ । फाल्गुन १५ गतेदेखि शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको तालिम बुधवार समापन भएको हो ।
14. स्थानीयद्वारा कलंकी नागढुगां सडक खण्ड अवरुद्ध, जुट्यो यस्तो सहमति : कलंकी नागढुंगा सडक अवरोध गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । धुलो–धुँवाका कारण समस्यामा परेको भन्दै बुधवार कलंकी नागढुंगा सडक अवरोध गर्दे स्थानीयले विरोध प्रर्दशन गरेका हुन् ।
15. शेयर बजार दोहोरो अङ्कले घट्यो : धितोपत्र बजारमा बुधवार शेयरको मूल्यमा १३ अङ्कले कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार १ सय ५० दशमलव १० विन्दुमा झरेको छ ।
16. अत्याधुनिक बहुउद्देश्यीय सभागृह बन्दै : बाँकेको खजुरा बजारमा अत्याधुनिक बहुउद्देश्यीय सभागृह निर्माण हुने भएको छ । खजुरा गाउँपालिका र प्रदेश सरकारको लगानीमा निर्माण हुने अत्याधुनिक बहुउद्देश्यीय सभागृहको विस्तृत परियोजना प्रतिवेदन ‘डिपीआर’ तयार भएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
17. माथिल्लो त्रिशूली थ्री ‘ए’को निर्माण अन्तिम चरणमा, ९० प्रतिशत काम पूरा : रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आगामी असारभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाको समग्र काम हाल ९० प्रतिशत पूरा भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए ।
18. नागरिक अधिकारकर्मीको प्रदर्शनमा प्रहरीको हस्तक्षेप : नागरिक अधिकारकर्मीहरुले आज सिंहदरवार अगाडि प्रदर्शन गरेका छन् । गत फागुन २४ गते सरकारले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतसँग गरेको ११ बुँदे सहमतिको विरोध गर्दै नागरिक अभियान्ता कृष्ण पहाडीको संयोजकत्वमा भएको प्रशर्दनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
कृपया LOKPATH TV सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया