जनकपुर । जनकपुर अञ्चल अस्पतालमा एक विरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको छ ।
चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै विरामीका आफन्त र अस्पताल कर्मचारीबीच भनाभन हुँदा अस्पताल तनावग्रस्त हुन पुगेके हो । उनीहरुवीच हात हालाहाल पनि चएको थियो ।
मिथिला नगरपालिका वडानम्बर ६ बस्ने अन्दाजी ५० वर्षीय रामनारयण मण्डलको मृत्यु भएको हो ।
हर्टअट्याक भएपछि मण्डललाई एम्बुलेन्सबाट तत्कालै उनका आफन्तले अस्पताल ल्याइए थिए । तर आकस्मिक कक्षमा ड्यूटीमा रहेका चिकित्सकले टिकट काटेर ल्याएपछि मात्रै उपचार हुने भनेपछि विरामीका आफन्त पुर्जा लिन जाँदा विरामीको मृत्यू भईसकेको परिवारका सदस्यको आरोप छ ।
अस्पतालको अवस्था तनावग्रस्त भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया