मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

मकवानपुर ।  मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । 

घाइते मध्य ५ जनाको अवस्था गम्भीर रहेको छ । 

भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ जाँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । 

बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको हो । दुर्घटना स्थलमा प्रहरीको होली उद्दारको लागि पुगेको छ  भने अहिले उद्दारको कार्य भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?