प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्।
नियमित चेक जाँचका लागि बुधबार बिहानदेखि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो।
नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानु पर्ने भए पनि समय नमिलेकाले प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गर्न लागिएको प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर दिब्या सिंहले बताईन् ।
उनको होलबडी चेकअप हुनेछ ।
ओलीलाई कम्तीमा २४ घन्टा अस्पतालमा राखिनेछ।
१२ वर्षअघि भारतमा मृर्गौला प्रत्यारोपण गरेका ओलीले मृर्गौैला पत्यारोपणपछि खानु पर्ने औषधी र सुगरको औषधी नियमित सेवन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया