गाउँपालिका अध्यक्षको गाडीमा आगजनी, कसले लगायो आगो ?

गाउँपालिका अध्यक्षको गाडीमा आगजनी भएको छ ।

रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले भाडामा प्रयोग गरिरहेको भे १ ज २७८५ नम्बरको गाडीमा अज्ञात समूहले मंगलबार राती आगजनी गरेको हो । 

मेला उद्घाटनमा गाउँ पुगेका अध्यक्ष खत्रीले गाडी गंगादेव गाउँपालिकाको ४ नम्बर वडा कार्यालय म्वालेखोलामा पार्किङ गरेर राखेका थिए। घटनास्थलमा रातिनै प्रहरी पुगिसकेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

नेत्रविक्रम चन्द ‘विप्लव’ सहित जिल्लाका दर्जन बढी नेताको विरुद्ध मुद्दा दायर गरिए लगत्तै राति आगजनी भएको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?