काठमाडौं । सङ्घीय समाजवादी नेवाः सङ्घको बार्षिक सभा तथा पुनर्गठन कार्यक्रम यहि शनिवार काठमाडौंको नरदेवीमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि संङ्घीय समाजबादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले उत्पीडित वर्ग तथा समुदायहरूको प्रत्येक आन्दोलनमा आफ्नो साथ र सहयोग रहन्छ भन्दै विकासका नाममा सम्पदा मासेर गरिने अतिक्रमण विकास नभई विनाश भएको बताए । उनले भने, ‘छाँयादेवी कम्प्लेस, सप्तपाताल, चिहान अतिक्रमण, खोकना–बुङमति क्षेत्रको समस्या लगायतका विविध समस्याहरूमा मेरो साथ र समर्थन छ ।’
प्रतिनिसिभाका सदस्य समेत रहेका नेता श्रेष्ठले आफ्नो पार्टीले अगाडी सारेको सङ्घीय समाजवाद नेपाल जस्तो वहुराष्ट्रिय मुलुकको जातीय तथा वर्गीय समस्या हल गर्नका लागि अचुक निशाना भएको बताए । उनले भने, ‘काङ्ग्रेसको लोकतान्त्रिक समाजवाद र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समाजवादउन्मुख जनवादमा खिया लागी सकेको छ । अब त्यसको काम छैन ।’
आफ्नो पार्टीसँग वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने देखेर नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी जस्ता पुराना शक्तिहरूले जातिवादी, मधेसवादी, विखण्डनवादी जस्ता भ्रम फैलाएको बताउँदै नेता श्रेष्ठले भने, ‘आफ्नो पार्टी सङ्घवादी र समाजवादी बाहेक अरु कुनै ‘वादी’ होइन, सङ्घीय समाजवादको वैचारिक श्रेष्ठताले पुराना शक्तिहरू थलापरेका छन् ।’
उक्त कार्यक्रममा नेवाः सङ्घका इन्चार्ज शाक्य सुरेनले पुनर्गठित केन्द्रीय समितिका नयाँ सदस्यहरूलाई शपथ ग्रहण गराए । समितिमा पुरानै अध्यक्षलाई कायम गरी केही नयाँ पदाधिकारी तथा सदस्यहरू थप गरी ४१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ ।
उपाध्यक्ष खगेन्द्र बहादुर जोशीले स्वागत तथा अर्का उपाध्यक्ष शेषनारायण महर्जनले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा ससफो नोिलका केन्द्रीय सदस्यहरू डा।पुष्पराज राजकर्णिकार, न्हुच्छेलाल महर्जन, पवित्र बज्राचार्य, वैकल्पीक केन्द्रीय सदस्य मनरत्न शाक्य, ३ नम्बर प्रदेश सदस्य सिद्धि बहादुर जोशी, नेवा सङ्घका उपाध्यक्ष नवीन श्रेष्ठ, सदस्य प्रेरणा शाक्य लगायतले पनि आफ्नो मन्तव्य राखेका थिए ।
त्यसरी नै अध्यक्ष सत्यनारायण डंगोलले राजनीतिक प्रतिवेदन र पूर्व कोषाध्यक्ष बेखामान अवालेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा नेवाः सङ्घद्वारा छायाँदेवी कम्प्लेक्स लगायतका विषयहरूमा समसामयिक प्रस्ताव पनि पारित गरिएको छ ।
पारित प्रस्तावमा भनिएको छ –
‘काठमाडौं ठमेल (येँ, थँबहिल) स्थित लिच्छविकालिन नेवाः बौद्ध समुदायको ऐतिहासिक सम्पदा कमलपोखरी अतिक्रमण गरेर छाँयादेवी कम्प्लेस प्रा।लि।द्वारा कंक्रिटको भवन निर्माण गरेको हो र अतिक्रमण गर्ने भूमाफियाहरूलाई कानूनी दायरामा ल्याएर सो कम्प्लेस भत्काई कमलपोखरी पुनःस्थापित गर्नु पर्दछ भन्ने विषयमा हाल स्थानीय लगायत नेवाः राजनीतिक अभियान र विभिन्न मिडियाहरूले उठाइरहेको जायज आन्दोलनप्रति हाम्रो नेवाः सङ्घको ध्यानाकर्षण भएको छ….सार्वजनिक सम्पदा मासेर व्यापारिक भवन निर्माण गर्नु गैरकानुनी भएकाले गुठी संस्थान, पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका लगायत सम्बन्धित निकायहरूलाई यथाशिघ्र कानूनी उपचारका लागि कदम चाल्न अनुरोध गर्दछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया