२७ हजार अस्थायी शिक्षकका लागि १० अर्ब माग

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले करिब २७ हजार अस्थायी शिक्षकलाई अवकास दिन करिब १० अर्ब ?पैयाँ माग गरेको छ । शिक्षक सेवा आयोगको परीक्षामा एकपटक अवसर दिएका तीन तहका शिक्षकमध्ये अनुत्तीर्ण भएका शिक्षकलाई सुविधासहित बिदा दिने व्यवस्था गर्न उक्त रकमको माग गरिएको हो । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

शिक्षा तथा मानव स्रोत केन्द्रले अवकास पाउने शिक्षकको संख्यसहित बजेट माग गरेको थियो । तथ्याङकअनुसार सबैभन्दा बढी प्राथमिक तहका शिक्षकले सुविधासहित अवकास पाउने भएका छन् । प्राथमिक तहका २० हजार ४ सय७५ शिक्षकले अवकास पाउने भएका हुन् ।

केन्द्रले सुविधाका लागि र शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका शिक्षकको तथ्याङक संकलन गरेको छ । प्राथमिक तहमा सुविधाका लागि आवेदन दिने शिक्षकको संख्या ८ हजार ६ सय ४० रहेका छन् । आयोगको परीक्षामा असफल हुनेको संख्या ११ हजार ८ सय ३५ छ ।

मावि तहमा सुविधाको लागि निवेदन दिने शिक्षकको संख्या १ हजार २ सय ५९ र परीक्षामा असफल हुने अस्थायी शिक्षकको संख्या १ हजार ९ सय ६० गरी ३ हजार २ सय १९ मावि शिक्षकले सुविधासहित बिदा पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?