WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल फागुन २० गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. पशुपतिमा साधुको ‘अंग्रेजी’ मोह, फोटो खिचे वापत ‘डलर’ माग्दै : आज महाशिवरात्री । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्वको एक अर्को विशेषता हो, बाबा साधु । महाशिवरात्री शुरुहुन ३–४ दिनअघि नै देशविदेशबाट सन्त बाबाहरु पशुपतिनाथ मन्दिर आइपुग्छन् । शिवरात्रीका अवसरमा पशुपति क्षेत्रमा थरीथरीका बाबाहरु देखिन्छन् ।
2. सेना दिवसको प्रदर्शनीमा प्यारासुटबाट खस्दा एक सेना घाइते : नेपाली सेनाले विशेष फौज तथा प्रर्दशनी गर्दा एक जना सिपाही घाइते भएका छन्।प्यारासुटको माध्यमबाट फ्रि(फल जम्प देखाउने दुर्घटना भएको हो । घाइते भएका सिपाहीको वीर अस्पताल उपचारको भइरहेको छ ।
3. नेपाल प्रहरीका ६४ डीएसपीले पाए जिम्मेवारी : नेपाल प्रहरीका ६४ प्रहरी नायव उपरीक्षक डीएसपीले जिम्मेवारी पाएका छन् । हालै बढुवामा परेका ती डीएसपीहरुले जिम्मेवारी पाएका हुन् ।
4. नेपाल प्रहरीका ८२ डीएसपीको सरुवा, को–कहाँ सूचीसहित : नेपाल प्रहरीका ८८ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।आईजीपी सर्वेन्द्र खनालको आइतबारको निर्णयअनुसार ८२ डीएसपीको सरुवा गर्ने निर्णय भएको प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
5. नेपाली फुटबलको भविष्य उज्जल छ – अध्यक्ष शेर्पा : अखिल नेपाल फुटबल संघ ‘एन्फा’का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आगामी वैशाखदेखि प्रदेशस्तरिय फुटबल लिग शुरु गर्ने बताएका छन् । ‘एन्फा’को लोगो र राष्ट्रिय टिमको नयाँ जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
6. तोकिएको समयमा प्रतियोगिता नहुँदा खेलाडीलाई मानसिक तनाव – अध्यक्ष श्रेष्ठ : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा नै आयोजना गर्न माग गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजरमा राख्दै प्रदेश नम्बर ५ को स्थलगत भ्रमणमा निस्किएको संघले उक्त कुरा सरकार समक्ष राखेको हो ।
7. युएईमा समस्यामा परेका नेपालीको हितमा काम गर्नु आफ्नो पहिलो दायित्व- राजदूत ढकाल : संयुक्त अरब इमिरेट्स ९युएई० का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा दुःख र समस्यामा परेका नेपालीको हितमा काम गर्नु आफ्नो पहिलो दायित्व भएको बताएका छन् । राजदूतमा नियुक्त भएपछि काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिकाले आज ९सोमवार० बनेपामा आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “सबै काममा आत्मीयता र हार्दिकताका साथ काम गर्नु नै सबैभन्दा ठूलो गुण हो, त्यसैले समस्यामा परेका नेपालीलाई आत्मीयताका साथ सेवा गर्ने मेरो पहिलो कर्तव्य हुनेछ ।”
8. गोपनियता अरुलाई नसुम्पेको राम्रो, यस्ता छन् टिकटकका नोक्सानी : कलाकारिताको मिनी थिएटर हो, टिक(टक ।कतै घुम्नजादाँ ह्या यतिकै जान्छु भनेर कुनै तयारी नगरी घरबाट बाहिर निस्कनेहरु पनि टिक–टक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका पछिल्लो समयका युवा पुस्ताले ।नेपालमा फेसबुक अनि इन्स्टाग्राम र अहिले टिकटकको ट्रेण्ड लोकप्रिय छ ।
9. राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी सार्वजनिक : राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी सोमवार सार्बजनिक भएको छ ।अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो ।
10. सडकमा छाडा छाडिएका पशुचौपायाहरुको प्रभावकारी संरक्षण गर्न सर्वोच्चमा रिट : सडकमा छाडा छाडिएका पशुचौपायाहरुको प्रभावकारी संरक्षण र व्यवस्थापन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।आइतवार अभिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागलगायतलाई विपक्षी बनाइ रिट निवेदन दायर गरिएको हो ।
11. सिन्दूर हाल्ने बेला बेहुली गायव, प्रहरी भन्छन्- ‘खोजी जारी छ’ : धनुषाको सबैलाबाट जन्तीसहित बेहुली लिन आएको बेहुला रित्तै फर्किएको छ ।धनुषा जिल्लाको शहीद नगरपालिका ३ यदुकुआमा सबैलाबाट बेहुली लिन बेहुलासहित जन्ती आएको थियो । तर, जन्ती बेहुली नलिइ रित्तै फर्किएको हो ।
12. रानीपोखरीको पुनर्निर्माण शुरु : भूकम्प गएको तीन वर्षपछि रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिमार्फत शुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको पुनर्निर्माण यस अघि काठमाडौं महानगरपालिकालाई दिएको थियो । तर, प्राधिकरणले महानगरपालिकाबाट खोसेर रानीपोखरीको पुनर्निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिएको हो ।
13. नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला रेफ्री क्यान्डिडेट चन्द्रबदना राई, यसरी बनिन् खेलकुदकी आइडल : उनले लगाउने कपडामा रङ्गको उपस्थिति कम हुन्छ । प्राय कालो कहिलेकाहीँ सेतो, खैरो र खरानी रङ्गका कपडा उनको रोजाइमा पर्छन् । कुर्ता र सारीमा उनलाई विरलै देखिन्छ । सर्ट, पाइन्टमा ठाँटिएर हिँड्छिन् उनी । स्कुटर भन्दा बाइक चढ्न मनपर्छ उनलाई । त्यसैले उनको यात्राको सहयात्री हो, हिरो हन्डा स्प्लेन्डर ।
14. कौशल्टारमा लागेको आगलागी १० घण्टापछि नियन्त्रण, ६ करोडको क्षति : मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा रहेको फर्निचर तथा काष्ठ उद्योगमा आइतवार राति आगलागी हुँदा ६ करोडको क्षति भएको छ । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले सञ्चालन गर्दै आएका श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई आइतवार राति ११ बजे लागेको आगो सोमवार बिहान ४ बजे मात्रै नियन्त्रणमा आएको हो ।
15. महाशिवरात्रिलाई लक्षित गर्दै ट्राफिक व्यवस्था, कुन–कुन ठाउँमा सवारीसाधान निषेध : महाशिवरात्रिलाई लक्षित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न क्षेत्रमा सवारीसाधान प्रवेशमा निषेध गरेको छ । ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न ट्राफिक महाशाखाले चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुलबाट गौशाला, द्वारिका होटबाट गौशाला, सिफालबाट जयबागेश्वरी र लामापोखरी कुटुबहाल हुँदै मित्रपार्क, गौरीघाटबाट मित्रपार्क, तिलगंगाबाट गौशालाका सवारीसाधानलाई प्रवेश निषेध गरेको छ ।
16. ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु : अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरुले औपचारिक छानबिन गर्न लागेका हुन् ।
17. पाकिस्तानी आकाश आजदेखि पूर्णरुपमा खुला : पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश सोमवारदेखि पूर्ण रुपमा खुला गरेको जनाएको छ । पाकिस्तान र भारतबीच सैनिक तनाव बढेसँगै पाकिस्तानले आफ्नो आकाश हवाई उडानका लागि बन्द गरेको थियो । पाकिस्तानले गत बुधवार आदेश जारी गरेसँगै हवाई उडान अवरुद्ध हुँदा युरोप र एसियाबीचको हवाई यात्रामा नराम्रो असर परेको थियो । हजारौं हवाई यात्रु विश्वका विभिन्न विमानस्थलमा अलपत्र परेका थिए ।
18. केन्यामा हेलिकप्टर दुर्घटना, चार पर्यटकको मृत्यु : केन्याको उत्तरपश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चार जना अमेरिकी पर्यटक र एक जना केन्याली पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय समय अनुसार आइतवार बिहान ८ बजे उक्त हेलिकप्टर लेक टुर्कानामा दुर्घटनाग्रस्त भएको बताएको छ । हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया