काठमाडौं । धादिङ्गबाट काठमाडौं आउँदै गरेको ट्रिपरबाट २ केजी चरेससहित एक महिला पक्राउ परेकी छिन् ।
काठमाडौंको मुख्य नाका नागढुंगामा नियमित चेक जाँचको क्रममा २ किलो लागूऔषध चरेशसहित एक महिला पक्राउ परेकी हुन् । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काको नेतृत्वको टोलीले चेक जाँचको क्रममा लागूऔषध चरेससहित मकवानपुर थाहा नगरपालिका–७ की गोपिनी खत्री पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिए ।
धादिङ्गबाट काठमाडौं आउँदै गरेको बा४ ख ३६६३ नम्बरको ट्रिपरलाई नागढुंगामा चेकजाँच गर्दा खत्री पक्राउ परेकी हुन् । उनको साथबाट अवैध लागूऔषध चरेस १ किलो ९ सय ७५ ग्राम प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेकी खत्रीलाई म्याद थप गरि लागूऔष ऐन अन्तर्गत मुद्दा चलाईने महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया