जनकपुरधाम । धनुषाको सबैलाबाट जन्तीसहित बेहुली लिन आएको बेहुला रित्तै फर्किएको छ ।
धनुषा जिल्लाको शहीद नगरपालिका ३ यदुकुआमा सबैलाबाट बेहुली लिन बेहुलासहित जन्ती आएको थियो । तर, जन्ती बेहुली नलिइ रित्तै फर्किएको हो ।
आइतवार राति जन्ती आएर विवाहका सबै विधि पूरा भएर सिन्दूर हाल्ने बेला बेहुली गायव भइन् । बेहुली एकाएक गायव भएपछि गाउँभरि हल्ला भएको थियो ।
मधेशी दलित समुदाय अन्तर्गत राम थरका युवा–युवतीबीच आइतवार राति विवाह तय भएको थियो । सोहीअनुसार युवक पक्ष जन्तीसहित विवाह गर्न यदुकुआ पुगेका थिए ।
मैथिली संस्कार अनुसार विवाह पूर्व हुने स्वयंवर सम्पन्न भएको थियो ।
स्वयंवरपछि बेहुलीको घरको आँगनमा बनाइएको मण्डपमा अन्य वैवाहिक कार्यक्रम शुरु गर्नु पूर्व नै युवती (बेहुली) आफ्नो घरबाट गायव भएको स्थानीयहरुलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय यदुकुआका इञ्चार्ज एवं प्रहरी निरीक्षक भीम खड्काले जानकारी दिए ।
प्रहरी निरीक्षक खड्काका अनुसार बेहुली गायव भएको खबर पाएलगत्तै प्रहरी घटना स्थल पुगेका थिए । ‘त्यसलगत्तै हामी बेहुलीको खोजीमा जुटेका छौं’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया