उपभोक्ता समितिद्वारा रानीपोखरीको पुनर्निर्माण शुरु

काठमाडौं । भूकम्प गएको तीन वर्षपछि रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिमार्फत शुरु भएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको पुनर्निर्माण यस अघि काठमाडौं महानगरपालिकालाई दिएको थियो । तर, प्राधिकरणले महानगरपालिकाबाट खोसेर रानीपोखरीको पुनर्निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिएको हो ।  

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीको पुनर्निर्माण परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा निर्माण हुने बताए । 

यसैगरी उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेको मापदण्डअनुसार रानोपोखरीको पुनर्निर्माण गर्ने बताए । 

‘हाल रानीपोखरी पुनर्निर्माणमा ४० जना खटिएका छन्, उनले भने, ‘आवश्यकता अनुसार कालिगढहरुको संख्या बढाउछौ ।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?