चर्को ध्वनिले सुन्ने शक्तिमा ह्रास

काठमाडौं – गीत संगीत सुन्दा कानमा इयर फोन लगाउने बानी छ ? चर्को हर्न बजाउँदै गुड्ने सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस्।
 सुन्ने क्षमतामा ह्रास आउने समस्याले सताउला। एयरफोनमा चर्को ध्वनीकासाथ गीत संगीत सुन्ने किशोर किशोरीको श्रवणशक्तिमा ह्रास आएको चिकित्सकहरू बताउँछन्।

वीर अस्पतालको नाक, कान घाँटी विभाग प्रमुख डा ढुण्डिराज पौडेल भन्छन, ‘पहिला संक्रमणको समस्याले सुन्ने क्षमता गुमाउनेहरू थिए। अहिले ध्वनी प्रदूषणले गर्दा श्रवणशक्ति गुमाउँदै गएका पीडित बढेका छन्।’

एकै पटक चर्को आवाज सुन्दा र लामो समयसम्म एकै खालको चर्को ध्वनीले श्रवणशक्तिलाई क्षति पुर्‍याउँछ। आवाज जति चर्को भयो त्यति नै छिटो श्रवण क्षमतामा हानी पुग्छ। कलकारखानाका मजदुर, विमानस्थल वरपरका बासिन्दा, सार्वजनिक यातायातको चर्को ध्वनि, लामो समय ठूलो आवाजसहित एयर फोन प्रयोग गर्ने वानी, चर्को स्वरमा सुनिने÷गरिने मनोरञ्जनात्मक कार्यक्रमले श्रवणशक्तिमा ह्रास ल्याइरहेको चिकित्सकहरू भनाइ छ। अन्न्पूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?