९१ दिने अवधिको आठ अर्ब ५० करोड रुपैयाँँको ट्रेजरी बिल सोमबार

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार ९१ दिने अवधिको आठ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म बोलकबोलको माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

भदौ २६ गते जारी मिती तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । बिक्री गरिने उक्त ट्रेजरी बिल ९१ दिने अवधिको रहेको र ट्रेजरीको परिपक्व हुने अवधि २०८० मंसिर २६ गते तोकिएको छ ।

यो ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतको हो । यसअघि भदौ १८ गते पनि राष्ट्र बैंकले २० अर्ब चार करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?