बुटवलको अमरपथमा आगलागी, लाखौंको क्षति

बुटवल । बुटवलको अमरपथमा आइतवार राति आगलागी भएको छ । 

मुख्य व्यापारिक केन्द्र मानिने बुटवलको अमरपथको विन्ध्यावासिनी फेन्सी पसलमा गएराति १० बजे विद्युत सर्ट भएर आगलागी भएको हो । 

आगलागी पाँच वटा दमकलको सहायताले दुई घण्टापछि नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए । 

आगलागीबाट पसल तथा घरमा रहेका सामानहरु जलेको छ भने सँगै रहेको प्रभु बैंकको एटीएम मेसिनमा समेत क्षति पुगेको छ । तर, एटिएम मेसिन भित्र रहेको नगद भने सुरक्षित नै भएको उपरीक्षक मल्लले जानकारी दिए । 

आगलागीबाट कति क्षति भयो भन्ने एकिन तथ्यांक आइनसकेको उनले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?