बल्ल लाग्यो रानीपोखरी पुनर्निर्माण मोडालिटीको टुंगो

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी पुनर्निर्माण कसरी गर्ने भन्ने विषयमा अन्तिम निचोड निकालेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा बसेको पुरातत्वसम्बन्धी विज्ञसहितको बैठकले रानीपोखरी पुनर्निर्माणको मोडालिटीबारे टुंगो लगाएको हो ।  

अब रानीपोखरी पुनर्निर्माण करिब एक फिट तलसम्म खनी घाँस हटाएर सुरु हुने भएको छ ।

घास हटाएसँगै त्यहाँ रहेको सबै बालुवा पनि निकालेर एक ठाउँमा माटो नमिसिने गरी जम्मा गरिने भएको छ ।

 माटो जम्मा गरेसँगै पोखरीको कालीमाटी रहेको तहमा थप एक फिटको कालीमाटी राख्ने र माटोको तह तयार भएपछि करिब दुई फिटको बालुवा राखिने निर्णय भएको प्राधिकरणले जनाएको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?