काठमाडौं । महानगरीय प्रहरी वृत्त कमलपोखरीले प्रहरीलाई घुस दिई प्रभावमा पार्न खोज्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले यही ११ गते २१:०० बजे काठमाडौं महानगरपालिका १ नागपोखरी स्थित बा. ४१ प. ५६१५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा धुम्बाराही बस्ने रौतहटका सुरेन्द्र पासवानले प्रहरी टोलीलाई ५ सय घुस दिएकाले निजलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
यसै गरी २२ः४५ बजे महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी स्थित को.१४ प. २६२८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा काठमाण्डौ महानगरपालिका-२३ ओमवहालका राजनराज भण्डारीले ब्लुबुक भित्र १ हजार राखि घुस रकम दिएकाले निजलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
दुबै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया