विराटनगर । भाषाशास्त्री बालकृष्ण पोखरेलको ८६ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि मस्तिष्क घातबाट पीडित पोखरेललको आइतवार बिहान १ः३० बजे विराटनगर नोबेल मेडिकल बलेज लैजाने क्रममा निधन भएको हो ।
गत माघ ६ गतेदेखि मस्तिष्क घातबाट पीडित पोखरेल काठमाडौं र विराटनगरका अस्पतालमा उपचार गर्दा सुधार भएपछि विराटनगरस्थित निवासमै आराम गरिरहेका थिए ।
बालकृष्णको जन्म सन् १९३३ मा मकवानपुरको चिसापानीगढीमा भएको थियो । न्यायाधीश शारदाप्रसाद पोखरेल र छायादेवीका साहिला छोरा बालकृष्णले १३ वर्षको उमेरदेखि साहित्य लेखन शुरु गरेका थिए । कथा, कविता, उपन्यास, निबन्ध, समालोचना, अनुसन्धान, शब्दकोश काब्य गरी पोखरेलका एकसय बढी कृति प्रकाशित छन् ।
उनी पछिल्लो समय महाकाब्य प्रकाशन गर्ने तयारीमा थिए । महाकाब्य रुपारानीको ७५ प्रतिशत लेखिसकेको पोखरेल बताउँथे । तर, उनले निधन भएसँगै महाकाब्य प्रकाशित गर्ने इच्छा अधुरै भयो ।
साहित्य लेखनमा सकृय रहेका पोखरेलको कृति ‘नेपाली भाषा र साहित्य’ ले वि.सं. २०२१ सालमा मदन पुरस्कार पाएको थियो ।
पोखरेलका एक छोरा–बुहारी र दुई छोरी–बुहारी छन् । पत्नी शान्तादेवीको २०६७ सालमा निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया