काठमाडौं । दुर्लभ वन्यजन्तु रातो हाब्रे (रेड पाण्डा)को छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाफिकोट गाउँपालिका ३ कोलचौरका २३ वर्षीय विकास विक छन् ।
शुक्रवार मुसीकोट नगरपालिका–१, गिल्वाङमा ग ५ प ११६५ नम्वरको मोटरसाइकलमा सदरमुकामतर्फ आइरहेको अवस्थामा विक पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । विकको साथबाट तीन वटा रेड पाण्डाको छाला बरामद गरेको नायव उपरीक्षक खड्काले जानकारी दिए ।
विशेष सूचनाको आधारमा प्रहरीले विकलाई पक्राउ गरेको हो ।
शनिवार प्रहरीले पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्ति तथा बरामद रेडपाण्डाको छाला सार्वजनिक गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया