राधिकाको शब्द र दीपकको संगीत रहेको ‘माइती देशको घाउ’ बजारमा

लोकपथ
26
Shares

काठमाडौं । काब्या आचार्यको स्वरमा सजिएको ‘माइती देशको घाउ’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत बिहिबार काब्या आचार्य युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा सञ्चारकर्मी राधिका अधिकारीको शब्द रहेको छ । उक्त शब्दमा संगीतकार दीपक शर्माको लय भरेका हुन् । राजेन्द्र बजगाईंको संगीत संयोजन रहेको गीतमा पवन रानाभाटले मिक्सिङ तथा मास्टरिङको काम गरेका छन् ।

गीतको भिडियोमा राधिकासहित मिना नेपाली लगायतको अभिनय रहेको छ । भिडियोलाई पवन रानाभाटले निर्देशन गरेका हुन् । राज पोखरेलले छायाँकन गरेको भिडियोमा टेकेन्द्र शाहले सम्पादन कला देखाएका छन् ।

भिडियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?