नेपाल पत्रकार महासंघको वार्षिक साधारणसभा एवं विधान अधिवेशन आज सकिँदै

काठमाडौं । बिहीवारदेखि पोखरमा शुरु भएको नेपाल पत्रकार महासंघको वार्षिक साधारणसभा एवं विधान अधिवेशनमा आज प्रस्तावित विधानमाथि छलफल हुँदैछ । 

छलफलपछि विधानमाथि आवश्यक संशोधन गरी पारित हुने महासंघले जनाएको छ । 

महासंघ केन्द्र प्रदेश र जिल्ला शाखाको नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुनेगरी विधान संशोधन गर्नुका साथै संघीय संरचनाअनुसार महासंघको संरचना पनि परिवर्तन गर्नका लागि विभिन्न ३ वटा प्रस्ताव गरिएका छन् ।

यसैगरी हरेक साधारण सदस्यले एकैपटक केन्द्र, प्रदेश र जिल्ला शाखाका पदाधिकारी चयन गर्ने व्यवस्था, ट्रेड युनियन बनाउने वा समावेशी तवरले परिमार्जन गर्ने भन्ने बारे छलफल हुने महासंघले जनाइएको छ ।

साधारणसभामा सहभागी हुन देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी १ हजार ४ सय प्रतिनिधि पोखरा पुगेका थिए । हिजोदेखि शुरु भएको अधिवेशन आज सकिनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?