WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल फागुन ८ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु ।
यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. पशुपति शर्माको गीतमा पहिलो पटक बोले प्रधानमन्त्री, जनताको नाम लिएर आफ्नै प्रतिक्रिया : प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ जनताले मन नपाराएको बताएका छन् । बुधवार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले सो गीतबारे पहिलो पटक बोलेका हुन् । उनले भने, ‘शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ जनताले मन पराएका छैन ।’
2. निर्मला हत्याको दुई सय सात दिन – प्रधानमन्त्रीले के भने ? : मंगलवार कैलालीको धनगढी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने बताएका छन् । बुधवार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अपराधीलाई कानूनको कठघरामा उभ्याएर छाड्ने बताउँदै यो घटनाले आफूलाई अत्यन्तै दुःखी बनाएको बताए ।
3. यी ४ घटना जुन छानबिन नभए डाक्टर केसी बस्नेछन् अनसन : देशका पछिल्ला घटनाहरुम आफ्नो ध्यानाकर्षण भएको भन्दै डाक्टर गोविन्द केसीले केहि घटनाहरुमा छानबिन नभए अनसन बस्ने बताएका छन् । १५ औं अनशनमा सहमति गरिएका माग पूरा गर्न आग्रह गर्दै विज्ञप्ती जारी गरिएको छ ।
4. सरकारले गर्यो ६ सचिवको सरुवा, को कहाँ ? : सरकारले ६ जना सचिवको सरुवा गरेको छ भने एक जनाको पदस्थापन गरेको छ । वाइडबडी जहाज खरिद प्रकरणमा मुछिएका कृष्णप्रसाद देवकोटासहित ६ जना सचिवलाई सरकाले सरुवा गरेको हो ।
5. निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको गृहमन्त्रीद्वारा स्वीकार : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकार देशमा शान्ति सुरक्षा सुदृढ बनाउन सफल भएको बताएका छन् । बुधवार दिउँसो बसेको राष्ट्रियसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले ९५ प्रतिशत अपराधीलाई कानूनी दायरामा पल्याएको दाबी गरेका छन् ।
6. कांग्रेस सांसद उमा रेग्मीले च्यातीन् संसद बैठकमै नियमावली : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमा रेग्मीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन नियमावली च्यातिदिएकि छिन् । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा सबै समानुपातिक सांसदको तर्फबाट भन्दै उनले सो नियमावली च्यातेकी हुन् ।
7. कोमल वलीले गृहमन्त्रीलाई सोधिन् – बमजनलाई किन पक्राउ नगरेको ? : बुधबार राष्ट्रियसभा बैठकमा सांसद कोमल वलीले बमजनलाई किन पक्राउ नगरेको भन्दै प्रश्न राखेकी छिन् ।
गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गर्दै उनले भनिन्, आफूलाई लिटिल बुद्ध भनेर देखाउँदै आएका रामबहादुर बमजनले गरेका क्रियाकलापहरु बाहिर आएको अवस्थामा पनि किन कारबाही हुन सकेको छैन
8. इलाम बजारबाट तराई जोड्ने द्रुतमार्गको निर्माण : इलाम बजारबाट तराई जोड्ने द्रुतमार्ग खुलेको छ । द्रुतमार्ग बनेपछि मेची राजमार्ग हुँदै तराई पुग्ने दूरी ३९ किलोमिटर छोटिएको छ । मेची राजमार्गबाट झापाको विर्तामोडको दूरी ८६ किलोमिटर रहेकामा नयाँ सडक खुलेपछि ४७ किलोमिटरमै विर्तामोड पुग्न सकिन्छ ।
9. गाँजालाई कानूनी मान्यता दिन माग, संसदमा जे सुनियो : नेकपाका सांसद विरोध खतिवडाले नेपालमा गाँजालाई मान्यता दिन माग गरेका छन् ।आज बसेको संसदको बैठकमा बोल्दै खतिवडाले अमेरिका, क्यानडा, थाइल्याण्ड जस्ता सम्पन्न देशले गाँजालाई मान्यता दिँदा नेपालमा किन मान्यता नदिएको भनी प्रश्न गरे ।
10. अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीको उद्धार गर्न कांग्रेसको माग : नेपाली कांग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न गएका एक हजारभन्दा बढी नेपाली विद्याथी विचल्लीमा परेको घटनाप्रति गम्भीरध्यान आकर्षण भएको बताएको छ । हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेको र त्यसप्रति हामी अनुगृहित रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिामा लेखिएको छ ।
11. खेलकुद परिषद्को सदस्य सचिव बन्न यस्ता छन् नयाँ नियम : छनोट समितीले अबदेखि राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’को सदस्य सचिवको सिफारिस गर्ने भएको छ । अहिलेसम्म खेलकुद परिषद्को सदस्यसचिव सत्तारुढ दलको कार्यकर्ता भर्ती गर्ने अखडा जस्तै बनेको छ ।
12. जुवा खेलिरहेको अवस्थामा ५० हजार नगदसहित ६ पक्राउ : प्रहरीले ग्यारेज भित्र तास खेलीसहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । मंगलवार प्रहरीले बालाजु चोक स्थित चमती करिडोर तथा सुकुम्बासी एरियामा प्रहरीले बर्मा चौधरीले सञ्चालन गरेको ग्यारेज भित्र तास खेलीरहेको अवस्थामा नगद ५० हजार ५ सयसहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।
13. ट्याक्सीमा छुटेको ३ लाख ५० हजार बराबरको धनमाल चालकद्वारा सम्बन्धित व्यक्तिलाई फिर्ता : बा २ ज २२७९ नम्बरको ट्याक्सीमा छुटेको काठमाडौं थापागाउँ बस्ने गुल्मी बाझकटेरी ३ घर भएकी २८ वर्षीया वसन्ता भुषालको करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल प्रहरीले सम्बन्धीत धनीलाई बुझाएको छ । बुधवार बिहान काठमाडौं अनामनगरदेखि नैकापसम्म उक्त ट्याक्सीमा यात्रा गर्ने क्रममा सुनको मंगलसुत्र २ थान, चन्द्रमुखी १ थान, तिलहरी १ थान, हार १ थान, पिजाडा टप १ जोडी, बेरुवा रिङ १ जोडी, औंठी ३ थान, नगद ६ हजार १ सय २३ रुपैयाँ र लेडिज पर्स १ थान गरी उक्त रूपैयाँ बराबरको धनमाल ट्याक्सीमा छुटेको थियो ।
14. भारतीय दूतावासद्वारा मुक्ति माध्यमिक विद्यालयलाई तीन करोड सहयोग : भारतीय राजदूतावासको सहयोगमा प्यूठानमा सुविधायुक्त ‘विज्ञान भवन’ निर्माण गरिएको छ । भारतीय राजदूतावासको करिव ३ करोडको सहयोगमा विद्यालयमा छात्राबास, शैक्षिक भवन तथा कम्पाउण्ड वाल निर्माण भएको हो ।
15. वकालत गर्न छोडेर समाजसेवामा होमिएका सन्तोष, यसरी बने ‘धर्मप्रसाद’ : स्थायी जागिर, मिलेको परिवार, सुविधासम्पन्न जीवन । औसत व्यक्तिले चाहने कुरा यही न हुन् । जीवनभरि ऊ भाग्ने, दगुर्ने, हतारो चटारोमा देखिने भनेको यही तत्व प्राप्तिका लागि हो ।
16. सरकारले सञ्चालन गरेका ६२३ आयोजना अलपत्र : सरकारले सञ्चालन गरेका आयोजनाका ९ सय ६ ठेक्कामध्ये ६ सय २३ वटा लथालिंग अवस्थामा रहेका छन् । यी ठेक्का २० अर्ब ७६ करोडका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनबाट यति धेरै आयोजनाका विकास निर्माण अलपत्र भएको खुल्न आएको हो ।
17. बैंकर्स संघले किन जनायो राष्ट्र बैंकसँग आपत्ती : नेपाल बैंकर्स संघले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत राष्ट्र बैंकले लिएको नीतिले बैकिङ क्षेत्र धरासायी बन्ने भन्दै आपत्ती जनाएको छ । बुधवार सम्पन्न भएको बैंकर्स संघको बैठकले व्यवसायीहरूले प्रस्तुत गरेको माग बैंकिङ क्षेत्रको हितमा नरहेको पनि निष्कर्ष निकालेको छ ।
18. रोहित पुरानो क्लब पर्सिजा जाकार्तामा आवद्ध : नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाली क्लब पर्सिजा जाकार्तामा आवद्ध हुने पक्का भएको छ गत सिजन पर्सिजा क्लबबाटै खेल खेलेका उनले यस सिजनमा पनि सोहि क्लबमा रहँदै खेल खेल्न लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया