जुवा खेलिरहेको अवस्थामा ५० हजार नगदसहित ६ पक्राउ

काठमाडौं । प्रहरीले ग्यारेज भित्र तास खेलीसहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । 

मंगलवार प्रहरीले बालाजु चोक स्थित चमती करिडोर तथा सुकुम्बासी एरियामा प्रहरीले बर्मा चौधरीले सञ्चालन गरेको ग्यारेज भित्र तास खेलीरहेको अवस्थामा नगद ५० हजार ५ सयसहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा गोरखा भिमसेन ४ घर भई हाल काठमाडौं रानीवन बस्ने वर्ष २७ को राजु अर्याल, वर्ष २८ को विष्णु पौडेल, वर्ष २८ को लेखनाथ गोतामे र नुवाकोट जिरिङ ८ घर भई हाल काठमाडौं बनस्थली बस्ने वर्ष २४ को विनोद तामाङ, नुवाकोट शिवपुरी ५ घर भई हाल माछापोखरी बस्ने वर्ष २५ को सन्त बहादुर लामा तथा सिन्धुपाल्चोक इन्द्रावती ८ घर भई हाल स्वयम्भू बस्ने बर्ष ३५ को मिभ श्रेष्ठ रहेका छन् ।  

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका ६ जनालाई बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरी प्रहरी नायव उपरिक्षक होविन्द्र वोगटीले जनाकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?