काठमाडौं । भारतीय राजदूतावासको सहयोगमा प्यूठानमा सुविधायुक्त ‘विज्ञान भवन’ निर्माण गरिएको छ ।
भारतीय राजदूतावासको करिव ३ करोडको सहयोगमा विद्यालयमा छात्राबास, शैक्षिक भवन तथा कम्पाउण्ड वाल निर्माण भएको हो ।
प्रतिमान–निमा स्मृति प्रतिष्ठानको पहलमा भारतीय राजदूतावासको सहयोगमा मुक्ति माध्यमिक विद्यालय रातामाटा प्यूठानमा सुविधायुक्त ‘विज्ञान भवन’ निर्माण गरिएको हो । सो भवनको मंगलवार शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले उदघाटन गरेका छन् ।
एक हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत यो विद्यालयमा हाल विज्ञान, व्यवस्थापन र शिक्षा संकायका विषयहरु पढाइ हुन्छ ।
सन् २००८ सालमा प्यूठान गौडाको बडाहाकिम प्रतिमान चन्द बोहराले मुक्ति सेनाको रोकिएको तलब निकासा गरी उक्त रकमबाट ‘मुक्ति मिडिल स्कुल’ नामाकरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया