पर्वत । पर्वतको विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलवार दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु भएको हो । नेपालीको घटनास्थलमै तथा केसीको उपचारका लागि स्याङ्जा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले बताए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया