उपत्यकाका तीन जिल्लामा सामाजिक सुरक्षा कोष दर्ता हुने म्याद आज सकिँदै

काठमाडौं । सरकारले उपत्याकाका सामाजिक सुरक्षा कोषमा आवद्ध हुने रोजगारदाता कम्पनी तथा व्यवसायिक संस्थाहरुलाई तोकेको समयसीमा आज सकिदैछ । 

गत मंसिर ६ गतेदेखि फागुन ६ गते (एक महिना)भित्र कोषमा दर्ता हुनुपर्ने समयसीमा तोकिएको थियो । काठमाडौं उपत्यकासहित ललितपुर र भक्तपुरका जिल्लाभित्रका रोजगारदाताहरुले एक महिनाभित्र कोषमा दर्ता हुनुपर्ने थियो ।

सरकारले तोकेको एक महिनाको म्याद आजै सकिँदैछ । तर, रोजगारदाताहरु कोषमा दर्ता हुने कार्य भने सकिएको छैन । 

समयसीमा सकिने अघिल्लो दिन आइतवारसम्म १ हजार ५ सय ११ रोजगारदाताहरु कोषमा दर्ता भएको छन् । 

कोषकी निर्देशक रमा भट्टराईका अनुसार कोषमा आइतवारसम्म दर्ता भएका १ हजार ५ सय ११ मध्ये ९० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकाभित्रैका छन् । 

यसैगरी उपत्यकाका तीन जिल्लाबाहेक प्रदेश ३ का रोजगारदाताले कोषमा अवद्ध हुन मंसिर १५ देखि फागुन १५ गतेसम्मको म्याद दिइएको छ । 

प्रदेश १ का रोजगारदाताले पुस १ देखि चैत १ गतेसम्म, प्रदेश २ का रोजगारदाताले पुस १५ देखि चैत १५ गतेसम्म र गण्डकी एवं प्रदेश ५ का रोजगारदाताले माघ १ देखि वैशाख १ गतेसम्मको समयसीमा तोकिएको छ । 

यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका रोजगारदाताहरुले भने माघ १५ देखि वैशाख १५ गतेभित्र सामाजिक सुरक्षा कोषमा निवेदन दर्ता गराउनुपर्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?