थोत्रा दमकलको डम्पिङ साईट बन्दै नेपाल

काठमाडौं । विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकल र आगलागीमा प्रयोग हुने अन्य सवारी उपकरण नेपालकोलागि आगलागी नियन्त्रणको भरपर्दो सवारी साधनको रुपमा प्रयोग हुदै आएको छ । विदेशी दातृ निकायले आफ्नो देशमा कामै नलाग्ने भएपछि नेपालको भूमिलाई डम्पिङ साइडको रुपमा प्रयोग गर्दै आएका छन् ।

त्यसको प्रत्यक्ष उदाहरणको रुपमा काठमाडौंको जुद्ध वारुण यन्त्र कार्यालय रहेको छ । काठमाडौ महानगरपालिकाको स्वामित्वमा रहेको दमकल कार्यालयमा रहेका सबै दमकल करिब दुई दशक पुराना छन् । विदेशमा डेटस्पायर भए पछि विभिन्न निकायले नेपाललाई दमकल आवश्यक रहेको भन्दै भीख माग्ने अनि विदेशले नेपाललाई सहयोग स्वरुप थोत्रा दमकल र आगलागी नियन्त्रणमा प्रयोग हुने अन्य सवारी साधन उपहारको रुपमा दिने गरेका छन् ।

अहिले राजधानी मात्रै होइन उपत्यका र वरपरका जिल्लामा आगलागी हुदा थोत्रा दमकल कै भर पर्नुपरेको छ । सुविधा सम्पन्न वारुण यन्त्र कार्यालयको रुपमा रहेको कामपाले परिचालन गर्ने अधिकांश दमकल मध्य केही त कामै नलाग्ने भएका छ ।

हामीसंग भएको पुरानो मध्यको सबैभन्दा राम्रो दमकल फुसो दमकल हो, त्यो पनि अति थोत्रो भएर मोबिल हाल्दै चलाउदै गरेका छौ–दमकल कार्यालय प्रमुख बद्रीमान नगरकोटीले नेपाल समाचारपत्रसंग भन्नुभयो । गृहको मातहतमा रहेको जुद्ध वारुण यन्त्र कार्यालय बिसं २०६५ कातिक ९ गतेको मन्त्रिपरिषदको निर्णयसंगै कामपाको मातहतमा आएको थियो । त्यसबेला सो कार्यालयसंग गृहले खरिद गरेको दुई वटा दमकल थियो ।

त्यसपछि वारुण यन्त्र कार्यालयमा अहिलेसम्म प्राप्त भएका अधिकांस पुराना दमकल छन । आगलागी नियन्त्रण गर्न बिसं १०९२ मा बोकेर ल्याएको मोरिस र १९९४ मा नेपाल भित्र्याइएको डेनिस र बिसं २००१ मा नेपाल भित्रिएको लहरी दमकल वारुण यन्त्र कार्यालयको म्युजियममा राखिएको छ ।
बाँकी रहेका ९ मध्य ५ वटा दमकल पुर्ण रुपमा बिग्रिएर थन्किएको छ । अहिले चालु हालतका चार वटा मात्र दमकल रहेको सो कार्यालयले जनाएको छ ।नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?