WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।आज मिति २०७५ साल फागुन ५ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. लुट्न सके लुट् गीत जस्ताको तस्तै अपलोड गर्न लोकदोहोरी प्रतिष्ठानको आग्रह : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पशुपति शर्माको लुट्न सके लुट गीतलाई जस्ताको तस्तै युट्युबमा अपलोड गर्न आग्रह गरेको छ। आज बसेको आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा गीत संगीत अभिनय लगायतका अभिव्यक्तिका माध्यमबाट जनताले सरकारको या सार्वजानिक पदधारकको आलोचना गर्न पाउनुपर्ने भन्दै त्यो अभिव्यक्ति स्वतन्त्रता अन्तर्गतको अधिकार को विषयमा संस्थागत धारणा स्पष्ट पारेको उल्लेख छ ।
2. पशुपति शर्माको अर्को स्टाटस, गीत हटाउन बाध्य पारिएकोमा यस्तो भने : चर्चीत गायिक पशुपति शर्माले ुलुट्न सके लुटु गीत कुनै पार्टिको समर्थन र कुनै पार्टिको विरोधको रुपमा सिर्जना नगरेको बताएका छन् ।सामाजिक सञ्जाल फेसुबकमा स्टाटस लेख्दै शर्माले हटाइएको गीत कुनै पार्टिको समर्थन र कुनै पार्टिको विरोधको रुपमा सिर्जना नभएको बताएका हुन् ।
3. माईतिघर मण्डलामा घन्कियो लुट्नसम्म लुट् कान्छा : नागरिक समाजले गायक पशुपति शर्माको अभिव्यक्ति स्वतन्त्रताको हकको रक्षा हुनुपर्छ भन्दै माईतीघर मण्डलामा ‘लुट्न सके लुट कान्छा’ गीत बजाएका छन् । सरकारले देशमा कुनै पनि अपराधिक गतिविधि अन्त्य गर्न नसकेको र एउटा कलाकारको सिर्जना मार्न खोजेको भन्दै सरकार विरुद्ध सो कदम उठाएका हुन् ।
4. सरकारले पशुपति शर्माको गीत बन्द गराएको भन्दै कांग्रेस रुष्ट : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले भ्रष्टाचार र बेथितीविरुद्ध लोक गायक पशुपति शर्माले गीत बाहिर ल्याउँदा सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन् ।
5. पशुपति शर्माको गीतबारे विवेकशील साझा युवा संगठनले निकाल्यो यस्तो विज्ञप्ति : लोकप्रिय गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत प्रकाशन प्रशारणबाट हटाउन बाध्य पारिएको भन्दै विवेकशील साझा युवा संगठनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।आइतबार एक विज्ञप्तिमार्फत संगठनले नेपालको संविधानको धारा १७ को उपधारा २ ९क० को बिचार र अभिव्यक्तिको हक, धारा १९ को उपधारा १ को संचारको हकको प्रतिकुल तथा राष्ट्रिय कलाकारको अपमान भएको जनाएको छ ।
6. कांग्रेसको समिक्षामा सरकारको एक वर्ष सरकारको विश्वसनियता यसरी गुम्यो : नेपाली कांग्रेसले केपी ओली नेतृत्वको १ वर्षे कार्यकाल समीक्षा गरेको छ । एक वर्षे कार्यकालमा केपी ओली सरकारले जनमत र विस्वास दुबै गुमाउँदै गएको कांग्रेसको दाबी छ।
7. राप्रपाको यस्तो गम्भीर माग, अब के गर्छ सरकार (मागपत्र सहित) : राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षता खारेज गरिनु पर्ने लगायतका माग सरकार समक्ष पेश गरेको छ । राप्रपा अध्यक्ष कमल थापाद्वारा जारी विज्ञप्तिमा राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गर्न समेत माग गरिएको छ ।
8. कृषि विकास बैंकले घटायो कर्जाको व्याजदर : कृषि विकास बैंकले कर्जाको व्याजदर एक प्रतिशतले घटाएको छ । बैंकले लिर्दै आयरहेको साविक कर्जाको व्याजदरमा एक प्रतिशतले घटाएको जनाएको छ । त्यस्तै निक्षेपमा भने बैंकले ब्याज बढाएको छ ।
9. कांग्रेसले किन ग-यो सुनुवाई समितिको बैठक बहिस्कार : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतवार संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेको छ । कांग्रेसकी सचेतक पुष्पा भुसालले संवैधानिक आयोगले निर्णय नसच्चिएसम्म आफूहरु संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको सुनुवाई प्रक्रियामा सहभागी नहुने बताउँदै समितिको बैठक बहिस्कार गरेका हुन् ।
10. नुहाइदिने भन्दै तीन वर्षीया नाबालिकामाथि बलात्कार : ३ वर्षीया नाबालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले ३० वर्षे यूवालाई पक्राउ गरेको छ ।बुटवल उपमहानगरपालिका( २ मनकामनाकी ३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका २ मनकामनाकै ३० वर्षीय रमेश विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
11. वैदेशिक रोजगार विभाग ताहाचलबाट ५ जना विचौलिया पक्राउ : श्रम तथा वैदेशिक रोजगार विभाग ताहाचलमा सक्रिय ५ जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । सेवाग्राहीहरुले कार्यालयबाट सिधै सेवा लिन नसक्ने परिस्थिति रहेको तथा विचौलियाहरूले दश गुणाभन्दा बढी रकम लिएर काम गरिदिने गरेको र नक्कली भिषा कार्ड समेत बनाइने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
12. विश्वका घुम्नलायक उत्कृष्ट दश शहरमा काठमाडौं : नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौंको नाम समेत समेटेको छ ।
13. पाठकलाई तत्काल कारबाही गर्नुपर्छ पूर्व मन्त्री तामाङ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारमा मुछिएर राजीनामा दिएका अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।
14. सरकारको एक वर्षे कार्यकाल असफल : कर्ण : राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता एवम् संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले ओली सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरे । कर्णले भने,‘केवल भाषण गर्दैमा देश बन्दैन ।
15. धितोपत्र बोर्डद्वारा माउन्टेन हाइड्रोलाई १८ करोडको शेयर निष्काशन अनुमति : नेपाल धितोपत्र बोर्डले माउन्टेन हाईड्रो नेपाललाई साधारण शेयर ‘आईपिओ’ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले माउन्टेन हाईड्रोलाई १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता साधारण शेयर ‘आईपिओ’ निष्काशन गर्न अनुमति दिएको हो ।
16. सामूहिक राजीनामा दिने सरकारी चिकित्सक संघको घोषणा : आन्दोलनरत सरकारी चिकित्सकहरुले आइतवार सामूहिक राजीनामा दिने घोषणा गरेको छ । सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सक संघ, नेपाल(गोदान)ले सामूहिक राजीनामा दिने र सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको हुन् ।
17. राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीको यस्तो योजना : छरछिमेकका साथीभाइलाई भेला पारेर रुविनाका दाजु क्रिकेट खेल्थे । रुविना आफ्नै घरको झ्यालबाट चिहाउँथिन् । खेल्ने इच्छा तीव्र थियो तर, खेल मैदान टेक्ने आँट जुटाउन सकिरहेकी थिइनन् उनले । प्रेरणा तिमिल्सिना लेख्छिन् उनका दाजुले बहिनीको क्रिकेट मोह देखेर एकदिन उनलाई पनि आफूसँगै लगे क्रिकेट खेल्न ।
18. भेनेजुएला र अमेरिकी प्रतिनिधिबीच दुई पटक बैठक : भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको पुष्टी गरेका छन् । दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुई ओटा बैठक भइसकेको उनले शनिवार जानकारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया