फागुन ३ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल फागुन ३ गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

 

1. प्रधानमन्त्री ओली सरकारको एक वर्ष :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासमै पहिलोपटक लगानी प्रबर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना भएको दाबी गरे ।बिहीवार देशवासीको नाममा सम्बोधन गर्दै प्रधनमन्त्री ओलीले आफूले आफूले जिम्मेवारी सम्हालेयता ४ सय ९९ वटा उद्योग दर्ता भएको बताउँदै १ खर्ब ९८ अर्ब रुपैयाँ लगानीको प्रस्ताव आएको भन्दै विदेशी लगानी आएन भनेर आलोचना गर्नु आवश्यक नभएको बताएका छन् । पूरा समाचार पढ्न हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

 

 

2. आयुक्त पाठकद्वारा राजीनामा, महाअभियोगबाट जोगिएका हुन् त  ?  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पाठकले राजीनामा दिएका हुन् ।पूरा समाचार पढ्न हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

 

3. सरकारको एक वर्ष  – सङ्घीयता कार्यन्वयनमा सफलता, सिंहदरवारको अधिकार गाउँगाउँसम्म : संविधानसभाबाट जारी गरिएको संविधानमा मुलुक सङ्घीय संरचनामा जाने भनिएको थियो । सङ्घीय संरचनाअनुसार अहिले मुलुक सङ्घसहित ७ प्रदेश र ७ सय ५३ स्थानीय तह रहेका छन् । पूरा समाचार पढ्न हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् । 

 

 

4.बाह्र घण्टा बित्न नपाउँदै कञ्चनपुरबाट थप साढे ५ किलो सुन बरामद  : बाह्र घण्टा बित्न नपाउँदै कञ्चनपुरबाट प्रहरीले फेरी थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ ।पूरा समाचार पढ्न हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् ।   

 

5. बालबालिकाको साथीसँगत कस्तो छ  ? : बालबालिकालाई असल साथी कसरी चिनाउने  साथी, जो जीवनको एउटा अभिन्न पाटो मानिन्छ । संसारमा त्यस्ता धेरै उदाहरणहरु छन्, जसले आदर्श साथीको मानक स्थापित गरेका छन् । साथीकै कारण मानिस प्रगतिपथमा लम्कन्छन् । म आज जे छु मेरो मिल्ने साथीका कारण छु । एलिसा अर्याल  लेख्छिन्, यो एउटा स्थापित भनाई हो । सफल हुनेहरुले अक्सर यस्ता अभिव्यक्ति दिन्छन् । पूरा समाचार पढ्न हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् ।  

 

 
6. विश्वकप एशिया छनोट  -नेपाली महिला टिमको घोषणा :  थाइल्याण्डमा हुने आइसीसी महिला टी(ट्वान्टी विश्वकप अन्तर्गत एशिया छनोटका लागि नेपाली महिला राष्ट्रिय टिमको घोषणा गरिएको छ । छनोट गरिएको टिममा यसपटक एक नयाँ खेलाडीले स्थान बनाएकी छिन् । पूरा समाचार पढ्न हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् ।   

 

7. चैतमा दोस्रो महिला फ्रेन्चाइज लिग क्रिकेट हुने  : आगामी चैत १ गतेदेखि विराटनगरमा दोस्रो महिला क्रिकेट लिग शुरु हुने भएको छ । निजी लगानी भित्र्याउदै फ्रेन्चाइज लिग क्रिकेट विराटनगरमा सञ्चालन गर्ने शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरिन जानकारी दिइयो । पूरा समाचार पढ्न हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् ।   

 

8. अभ्यासबाटै खेल स्तरलाई निखारेका छौँ – मुख्य प्रशिक्षक  : दाश घरमा गरेको तयारीले नै आज यो नतिजा नेपाली टिमले पाएको हो’ नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक विनोद दाशले ‘आइसीसी’ महिला विश्वकप क्रिकेट छनोटमा उत्कृष्ट प्रर्दशन गर्ने बताएका छन् ।  पूरा समाचार पढ्न हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् ।    

 

 

9. एसपी नरेन्द्र उप्रेतीको राजीनामा स्वीकृत  :  बढुवामा आफ्नो नाम नपरेको भन्दै राजीनमा दिएका एसपी नरेन्द्र उप्रेतीको राजीनामा स्वीकृत आज भएको छ।गृह मन्त्रालयले एसपी उप्रेतीको राजीनामा स्वीकृत गरेको हो।  पूरा समाचार पढ्न हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् ।   

 

 

10.  सामाजिक सञ्जाल सञ्चालनमा कडाइ, विभागमा दर्ता गर्नुपर्ने  :  सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सामाजिक सञ्जाल नियमनमा कडाइ गर्ने व्यवस्था गरिएको छ । पूरा समाचार पढ्न हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् ।   

 

 

11. त्रिविको समाजशास्त्र केन्द्रीय विभागमा विद्यार्थीद्वारा तालाबन्दी :  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागमा तालाबन्दी गरेका छन् ।विभागले गर्न लागेको आंशिक शिक्षकको पदपूर्तिप्रति विरोध जनाउँदै विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले शुक्रवार दिउँसो तालाबन्दी गरेका हुन् । पूरा समाचार पढ्न हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् ।   

 

12. विवेकशील नेपाली पार्टी केन्द्रीय सदस्यमा ५ जना थप  : विवेकशील नेपाली पार्टीले केन्द्रीय सदस्यमा ५ जनालाई थप गरेको छ । पार्टीका अध्यक्ष उज्ज्वल थापाको अध्यक्षतामा केहीदिन पहिले बसेको बैठकले केन्द्रीय सदस्यमा ५ जनालाई थप गरेको हो ।  पूरा समाचार पढ्न हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् ।   

 

 

13. मन्त्रिपरिषद् निर्णय  – खेलाडीलाई पुरस्कारस्वरुप डेढ करोड प्रदान :  सरकारले नेपाल क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप एक करोड ५६ लाख प्रदान गर्ने भएको छ । पूरा समाचार पढ्न हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् ।   

 

14. मकवानपुरबाट छ महिनाभित्र दुई अर्ब राजश्व असुल  : प्रदेश नं ३ अन्तर्गत रहेको आन्तरिक राजश्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विभिन्न स्रोतको राजश्वतर्फ कूल दुई अर्ब २६ करोड ७४ लाख र ५५ हजार राजश्व असुली गरेको छ । पूरा समाचार पढ्न हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् ।    

 

15.  तीन दिनसम्म देशभर वर्षा, यस्तो रहन्छ आगामी तीन दिनको मौसम  : पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूरा समाचार पढ्न हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् ।   

 

 

16. प्रसूति गृहले नै अक्सिजन उत्पादन गर्दै :  थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले अक्सिजन उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । यसअघि अस्पतालले बाहिरबाट खरिद गरी अक्सिजनको माग पूरा गर्दै आइरहेको थियो । पूरा समाचार पढ्न हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् ।    

 

 

17. काश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनु पर्छ  – भारतीय प्रधानमन्त्री :  भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रवार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ । भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षा अधिकारीहरु लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण भएको बताइएको छ । पूरा समाचार पढ्न हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् ।   

 

 

18. राष्ट्रिय संकटकाल घोषणा गर्ने अमेरिकीराष्ट्रपति ट्रम्पको तयारी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गर्ने तयारी गरेका छन् । अमेरिकी संसद्ले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन बजेट विनियोजन नगरेपछि राष्ट्रपति  ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गर्ने तयारी गरेका हुन् । पूरा समाचार पढ्न हेडलाईन्सको लिंकमा क्लिक गर्नुहोस् ।    

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?