त्रिविको समाजशास्त्र केन्द्रीय विभागमा विद्यार्थीद्वारा तालाबन्दी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागमा तालाबन्दी गरेका छन् ।

विभागले गर्न लागेको आंशिक शिक्षकको पदपूर्तिप्रति विरोध जनाउँदै विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले शुक्रवार दिउँसो तालाबन्दी गरेका हुन् ।

अनेरास्ववियु त्रिवि कमिटीका अध्यक्ष मदन विष्ट र अखिल क्रान्तिकारी त्रिवि समिति अध्यक्ष लोकेन्द्र ऐरीले विज्ञप्ति जारी गर्दै विभागले आंशिक शिक्षकका लागि विज्ञापन गरेकाले प्रक्रिया रोक्न माग गर्दै विभागमा तालाबन्दी गरेको उल्लेख गरेका छन् । 

‘आवश्यक नहुँदा पनि विभागले आंशिक शिक्षकका लागि विज्ञापन गरेकाले छ । उमेर हद नतोकी विज्ञापन माग गरिएको र पदपूर्ति समिति गठन नगरी आंशिक शिक्षक राख्न खोजिएको’ जारी विज्ञप्तिमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?