आफ्नै अपहरणको नाटक गर्ने साहसहित दुई जना पक्राउ

धनुषा । प्रहरीले आफ्नै अपहरणको नाटक गर्ने एक युवकलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । 

जनकपुरधाम उपमहानगरपालिका १७ बेलौनीका २२ वर्षीय अजयकुमार साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो ।

पक्राउ परेका साहले भारतको पर्यटकीय स्थल गोवा घुम्न जानको लागि पैसाको जोहो गर्न भन्दै अपहरणको नाटक गरेका थिए । 

उनीसँगै प्रहरीले अन्य दुई जनालाई समेत पक्राउ गरेको छ । 

जनकपुरधाम २३ का २० वर्षीय समसाद नदाफ र रौतहट गढीमाई नगरपालिका ८ का २५ वर्षीय अरविन्द यादवलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए । 

शुक्रवार जनकपुरमा पत्रकार सम्मेलन पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरिएको हो । 

एसपी खनालले पक्राउ परेका तीनै जनाविरुद्ध सार्वजनिक हितविरुद्धको अभियोग अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिए । 

राजकुमार साह र रेखा कुमारी साहका छोरा अजयकुमार आफैँ काठमाडौं फरार भएर आफ्ना दुबै साथी मार्फत आमाबुबालाई १५ लाख रुपैयाँ फिरौती माग्न लगाएका थिए । 

एसपी खनालका अनुसार अपहरणकारीले फिरौती माग्न प्रयोग गरेको मोबाइल नम्बरलाई ट्रेस गरी प्रहरीको विशेष टोलीले जनकपुर १६ पुलचौकबाट समसादलाई तथा समसादको सूचनाको आधारमा अरविन्दलाई पक्राउ गरेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?